अविरल बर्षाका कारण मकैबारीमा २ घर बिस्थापित

राजकुमार भुजेल (निर), चरिकोट । दोलखाको भिमेश्वर नगरपालिका वडा नं ७ मकैबारीमा अबिरल वर्षाका कारण २ घर बिस्थापित भएका छन्। बुधवार देखि परेको अबिरल वर्षाका कारण मेनुका तामाङ र मेघ घिसिङकाे घर विस्थापित भएको हो। तामाङ र घिसिङको घरको आँगनमा क्षति पुगेपछि घर बिस्थापित भएको वडा अध्यक्ष विनोद तामाङ ले जानकारी दिनुभयो । उहाँको अनुसार भारि वर्षले घरको आगन तथा घरको प्यासेज फाटिएर पहिरो जाने खतरा बढ्दै गएपछि वडा कार्यालयकाे समन्वयमा नेपाल आर्मी, सशस्त्र प्रहरी बलको सहयोगमा घरभित्रका सबै सामानहरु थाङसा सामुदायिक वन उपभोक्ता समितिको भवनमा सारिएको बताउनुभयो। हिजो देखि दोलखामा विभिन्न स्थानमा वर्षा भइरहेको छ । जसका कारण विभिन्न स्थानमा पहरोको जोखिम बढ्दै गएको छ।

Shares

Be the first to comment on "अविरल बर्षाका कारण मकैबारीमा २ घर बिस्थापित"

Leave a comment

Your email address will not be published.


*