अलपत्र आन्तरिक पर्यटकको हेलिकप्टर मार्फत उद्धार

चरिकोट(दीस) ः जिल्लाको गौरीशंकर गाउँपालिकाको बेदीङ र ना गाउँमा अलपत्र परेका आन्तरिक ९ जना पर्यटकको उद्दार गरिएको छ । शनिवार नेपाली सेनाको हेलिकप्टर मार्फत उहाँहरुको उद्दार गरिएको हो । सो पालिकामा रहेको च्छोरोल्पा तालको भम्रण गर्न जानु भएका उहाँहरु असार २१ गते राति रोल्वालिङ खोलामा आएको बाढि तथा पहिरोका कारण बेदीङ र ना मा अलपत्र पर्नु भएको हो । उहाँहरुले बाढीका कारण बीचमा आफुहरु अलपत्र परेकोले उद्दार गर्न विभिन्न निकायलाई अनुरोध गर्नु भएको थियो । तर मौसम प्रतिकुल भएका कारण उहाँहरुको उद्दार हुन सकेको थिएन । शनिबार मौसममा सुधार आएपछि सेनाको हेलिकप्टर मार्फत उहाँहरुलाई सदरमुकाम चरिकोट ल्याइएको छ । चरिकोट ल्याइएका पर्यटकमा पेमा छिरिङ शेर्पा ,दावाङ्ग शेर्पा ,वाङ्छे शेर्पा ,नावाङ्ग तेन्जिङ शेर्पा ,पासाङ याङ्जी शेर्पा ,दावा डिकी शेर्पा ,मिङमा याङ्जी शेर्पा,यसी ग्याम्छो शेर्पा र छिरिङ याङ्जी शेर्पा रहेको प्रहरीको भनाई रहेको छ । पर्यटक उद्दारमा गएको हेलिकप्टरमा सो गाउँका स्थानीयहरूलाई खाद्यान्नसहितको सामान लगिएको छ । खाद्यान्नसहितको सामान लिएर गाउँपालिका प्रमुख विश्वास कार्कीसहितको टोली बाढी पहिरो स्थलमा शनिबार गएको छ । टोलीले ३७ बोरा चामल, एक बोरा नुन, एक बोरा चिनी लगायतका दैनिक उपभोग्य सामान लिएर स्थानिय जनताको लागि रोल्वालिङ पुग्नु भएको छ । गत असार २१ गते आएको बाढीले सोही ठाउँका स्थानीय बस्तीहरूमा पनि क्षति गरेकाले सो क्षेत्रमा खाद्यान्नमा संकट परेको स्थानीयले बताएका छन् । गत असार २१ गते आएको पहिरो सहितको बाढिले डोगाङका होटलहरु बगाएको थियो । सोही बाढीमा परी डोगाङकी होटल ब्यवसायी जाङ्मु शेर्पा बेपत्ता हुनु भएको थियो उहाँको अवस्था अझै अज्ञात छ । उहाँको खोजी भईरहेको प्रहरीको भनाई रहेको छ । बाढीका कारण स्थानीय खोलामा हालिएका पुल पुलेसा बगाउँदा स्थानीयहरुको अन्य क्षेत्रसँग सम्पर्क विच्छेद भएको अवस्था रहेको स्थानीयहरुको भनाई रहेको छ

Shares

Be the first to comment on "अलपत्र आन्तरिक पर्यटकको हेलिकप्टर मार्फत उद्धार"

Leave a comment

Your email address will not be published.


*