अर्थभूमि साकोसको पाँचौँ साधारण सभा सुरु

अनिल दहाल चरिकोट, पुस ३–दोलखाको सदरमुकाम चरिकोटमा अवस्थित अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको पाँचौ साधारणसभा शुक्रबारबाट सुरु भएको छ ।नेपाल सहकारी विभागले जारी गरेको निर्देशन अनुसार उक्त सहकारीले ३ वटा ईकाईगत कार्यक्रम गर्ने गरि साधारण सभा सुरु गरेको हो ।साधारण सभाको उद्धघाटन जिल्ला सहकारी संघ लिमिटेड दोलखाका अध्यक्ष हेमन्त चौलागाईँले गरेका थिए ।
संस्थाको कुल पुँजी–संस्थाका अध्यक्ष कृष्ण प्रसाद दाहालको अध्यक्षतामा सुरु भएको साधारण सभामा सहकारीका कोषाध्यक्ष रामकृष्ण श्रेष्ठले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको कुल पूँजी २४ करोड ७२ लाख ४८ हजार ८ सय ६९ रुपैयाँ ६० पैसा रहेको बताए । त्यस्तै शेयर पुँजी २ करोड ४१ लाख ८५ हजार २ सय रहेको उनले बताए । संस्थाका सचिव तारानाथ चौलागार्इँले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । हाल संस्थामा ३ हजार १ सय २७ जना शेयर सदस्य तथा ५ सय ९६ जना बालबचतकर्ता रहेको छन् ।
सहकारीद्धारा सम्मान–सहकारीले संस्थाको साधारण सभा शुभारम्भकाे अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । सहकारीले दैनिक बचततर्फ डम्बरबहादुर श्रेष्ठ, मासिक बचत तर्फ रामजी थापा, दैनिक ऋणतर्फ राजकुमार श्रेष्ठ, मासिक ऋण तर्फ कबिता तामाङ, बाल बचतकर्तातर्फ रोमन ढुङ्गेललाई नगदसहित सम्मान गरिएको छ । इकाईगत तर्फ सर्व मावि जिलू एकाईतर्फ उत्कृष्ठ बचतकर्ता रामकाजी श्रेष्ठ, नयाँपुल एकाइ बचततर्फ बद्रिबहादुर रिमाल, नयाँपुल एकाइ ऋणतर्फ देबी राउत, कुटीडाँडा मावि मकैबारी एकाईतर्फ उत्कृष्ठ बचतकर्ता रुपा भुजेल लाई संस्थाले सम्मान गरेको छ ।

Shares

Be the first to comment on "अर्थभूमि साकोसको पाँचौँ साधारण सभा सुरु"

Leave a comment

Your email address will not be published.


*