अर्थभूमि बचत तथा ऋण सहकारी संस्था लि. को आठौं साधारणसभा सम्पन्न

चरिकोट (दीस) ः अर्थभूमि बचत तथा ऋण सहकारी संस्था लि. को आठौं साधारणसभा सम्पन्न भएको छ । सदरमुकाम चरिकोटमा शनिवार भएको साधारणसभाको भीमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धर उद्घाटन गर्नु भएको थियो । साधारण सभालाई सम्बोधन गर्दै मेयर मानन्धरले अहिले देश आर्थिक संकटमा भएको वेला संकट मोचन गर्न लाग्न वित्तिय संस्थाहरुलाई आग्रह गर्नु भयो । भुकम्प र कोभिडका कारण देश भित्र आर्थिक संकट भएकाले अब आय आर्जनतिर लाग्नु पर्ने उहाँको भनाई थियो ।
नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ का केन्द्रीय सदस्य जीवराज खड्काले सहकारी क्षेत्रले वित्तिय अनुशासन पालना गर्नु पर्ने आवश्यकतामा जोड दिनुभएको थियो । जिल्ला सहकारी संघ दोलखाका उपाध्यक्ष देवी प्रसाद फुयालले आर्थिक संकटका कारण सहकारीमा समस्या आएकाले त्यसलाई निराकरण गर्न स्थानीय सरकार लाग्नु पर्ने बताउनु भयो । साकोसका सचिब धुव्र सापकोटाले संञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गर्नु हुँदै संस्थामा ३५ करोड २३ लाख ४ हजार ४ सय ८४ रुपैया कुल पूँजी रहेको बताउनु भयो । हाल संस्थामा ४ हजार ७ सय ४ सदस्य रहेका छन् । जसमा महिला १८४० , पुरुषमा २०६८ तथा बालबचत कर्ता सय ३३ जना रहेको सापकोटाले जानकारी दिनु भयो । आर्थिक प्रतिवेदन पेश गर्दै कोषाध्यक्ष रामकृष्ण श्रेष्ठले संस्थाको शेयर पूँजी २ करोड २७ लाख ४ हजार एक सय रुपैँया रहेको जानकारी दिनु भयो । सधारणसभा संस्थाका अध्यक्ष कृष्णप्रसाद दहालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा नियमित बचतकर्ता, उत्कृष्ट ऋणी, बालबचतकर्ता लगायत पूर्व सञ्चालक तारानाथ चौलागाई र संस्थाका व्यवस्थापक मनकुमार श्रेष्ठलाई नगद र प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

Shares

Be the first to comment on "अर्थभूमि बचत तथा ऋण सहकारी संस्था लि. को आठौं साधारणसभा सम्पन्न"

Leave a comment

Your email address will not be published.


*