अर्थभुमिले मनायो चौथो साधारण सभा

चरिकोट –दोलखाको सदरमुकाम चरिकोटमा रहेको अर्थभुमि बचत तथा ऋण सहकारीले शनिवार आफ्नो चौथो बार्षिक साधारण सभा गरेको छ । कुल पुँजी गत वर्ष १७ करोड ४८ लाख ८१ हजार रहेको सहकारीले यस वर्ष पुँजी वृद्धि गर्दै २० करोड ४४ लाख ७६ हजार ७ सय पु¥याएको संस्थाका अध्यक्ष कृष्ण प्रसाद दहालले बताए । संस्थाले एक वर्षको अवधिमा ३३ लाख २८ हजार पाँच सय खुद नाफा गर्न सफल भएको अर्थभुमि सहकारीले जनाएको छ ।साधारण सभाले संस्थागत शुसासन र विकास लागि “भिजन मिसन सहित रणनितिक योजना अगाडी सारेको संस्थाका सचिब तारानाथ चौलागाई बताए ।हाल सेयर सदस्य २ हजार ७ सय ६४ रहेको अगामि आर्थिक बर्षमा ३५ सय सदस्य पु¥याउने लक्ष्य रहेको सचिब चौलागाई बताए ।सहकारीमा ३हजार २ सय ६४जना सदस्यले बचत गर्दै आएका छन्।

Shares

Be the first to comment on "अर्थभुमिले मनायो चौथो साधारण सभा"

Leave a comment

Your email address will not be published.


*