अरनिको भीमेश्वर यातयात प्रालिले ल्यायो दोलखाबाट काँकडभिट्टा वस संन्चालन

चरिकोट –दोलखाको सदमुकाम चरिकोटबाट सिधा काँकडभिट्टासम्म अर्को यातयात प्रालिले बस संन्चालन ल्याएको छ ।

अरनिको भीमेश्वर यातयात प्रालिले दोलखाबाट काँकडभिट्टा सम्म यो हप्ताबाट बस संन्चालन ल्याएको हो । जेठ १ बाट रोल्वालिङ यातयातले बस सेवा बस संन्चालन ल्याएको केही दिन पछि प्रालिले पनि बस चालक शेर बहादुर तामाङ सहित ३० जना यात्रुलाई खादा र पानी सहित बिदाइ गरेको छ ।


चरिकोट देखी काँकडभिट्टाको १ हजार १ सय रुपैयाँ भाडा तोकिएको प्रालिले जनाएको छ । काँकडभिट्टाको लागी चरिकोटबाट दैनिक २ बजे र काँकडभिट्टाबाट चरिकोटका लागी दैनिक ५ः४५ बजे बस छुट्ने अरनिको भिमेश्वर यातयात प्रालिका रबिन चौलागाईले जानकारी दिए ।

अरनिको, रोल्वालिङ यातयात, विपि यातयात र मेचि यातयात बिच समझदारी कायम गरि बस सञ्चालन गरिएको चौलागाईले जानकारी दिए । दोलखामा अरनिको यातयात पुरानो यातयात सेवा समिति हो । समितिले सरकारले यातयात समितिले कम्पनी मार्फत यातयात संन्चालन गर्नु पर्ने निर्णय गरेसँगै अरनिको भीमेश्वर यातयात प्रालिले अन्तर्गत बस संन्चालनमा ल्याएको छ ।

केही दिन पछि प्रालिले अत्याधुनिक डिलक्स सहितको बस संन्चालनका ल्याउने तयारी रहेको उनले बताए । डिलक्स बसमा वाइबाई लगायतका सुबिधा हुने जनाइएको छ ।

Shares

Be the first to comment on "अरनिको भीमेश्वर यातयात प्रालिले ल्यायो दोलखाबाट काँकडभिट्टा वस संन्चालन"

Leave a comment

Your email address will not be published.


*