अभिमुखीकरण सम्पन्न

काठमाडौं(दीस) ः प्रेस काउन्सील नेपालले नयाँ सूचीकरण भएका अनलाईनका सञ्चालक तथा सम्पादकहरुलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । काउन्सीलले बुधवार सो अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको हो ।
काठमाडौं उपत्यका भित्र कार्यालय रहने गरी सञ्चालन हुने गरी सूचिकरण भएका अनलाईनका सम्पादक तथा सञ्चालकहरुलाई काउन्सीलको कार्यालयमा तथा उपत्यका बाहिर बाट सञ्चालन हुने अनलाईनका सम्पादक तथा सञ्चालकहरुलाई भर्चुअल माध्यमद्वारा अभिमुखिकरण गरिएको काउन्सीलले जनाएको छ  । अभिमुखिकरणमा अनलाईन सञ्चालन सम्बन्धमा भएका कानुनी ब्यवस्था, अभ्यासहरु तथा पत्रकार संहिता लगायतका बारेमा जानकारी उपलब्ध गराइएको थियो ।

Shares

Be the first to comment on "अभिमुखीकरण सम्पन्न"

Leave a comment

Your email address will not be published.


*