अबैध तरिकाले सडक निर्माण गरिएको स्थानीयको आरोप

चरिकोट –दोलखाको तामाकोसी गाउँपालिका वडा नम्बर–१ भिरकोट स्थित सिस्नेरी घाट जाने भन्दै खनिएको सडक अबैध तरिकाले खनिएको भन्दै स्थानीयले ध्यानाकर्षण भएको वताएका छन । आज पे्रस विज्ञप्ती जारी गर्दै स्थानीय,वन उपभोक्ता समिति र घाट प्रयोग गर्ने समुदाय बिच छलफल नै नगरी तामाकोसी–मन्थली सडकलाई समेत जोखीममा राखेर खनिदै गरिएको आरोप लगाएका छन ।, बाटोले सुविधा भन्दा पनि भू–क्ष्य निम्तने खतरा बढ्को सिस्नेरी आर्यघाट संरक्षण संघर्ष समितिले निकालेको विज्ञप्तीमा उल्लेख गरिएको छ । समितिले तामाकोसी गाउँपालिकामा रहेको एक मात्र सालको घना जंगल समेत मासेर खनिएको उक्त बाटोले घाटमा सुविधा भन्दा पनि घाट वरपरको बालुवा गिटी उत्खनन् गर्ने उदेश्य रहेको संरक्षण संघर्ष समितिका संयोजक सुरेश उप्रेतीले बताए । उक्त सडकले पुष्पलाल राजमार्ग र घाट आसपासका क्षेत्रलाई नै जोखिममा पार्ने र स्थानिय उपभोक्तालाई भन्दा पनि तस्करीहरुलाई फाईदा हुने उप्रेतीले बताए । ‘तामाकोसी–मन्थली सडकदेखि घाटसम्म पुग्न करिब १५० मिटरको दुरीमा परम्परागत वाटो छ ’ उप्रेतीले भने । ‘सिढि राखेर पैदल मार्ग बनाएर बाटोलाई सुरक्षित बानाउदा पनि हुँने ठाउमा व्यक्तिगत स्वार्थका साथ नियोजित रुपमा गाउँपालिकाको बजेट दुरुपयोग गर्दै बाटो खन्नुले पनि शंका उत्पन्न भएको छ ।’ उनले भने
। सो वडाका अध्यक्ष महेश अध्यक्ष काफ्लेले गाउँपालिकाको योजना अन्र्तगत नै बाटो निर्माण भएको बताएका छन । उनले गत बर्षको बजेटमा स्थानीयको माग अनुसार घाट सम्म बाटो निर्माण गर्न २ लाख बजेट विनियोजन गरिएको र सो अनुरुप सडक निर्माण गरिएको बताए । “हामीले उपभोक्ता समिति नै गठन गरेर बाटो निर्माण गरेका हौ ,बाटो प्रक्रिया अनुसार निर्माण भएको छ ” वडा अध्यक्ष काफ्लेले भने । मंगलबारदेखी सडक निर्माण थालनी गरिएको थियो ।

Shares

Be the first to comment on "अबैध तरिकाले सडक निर्माण गरिएको स्थानीयको आरोप"

Leave a comment

Your email address will not be published.


*