अफगान मुद्दामा पाकिस्तानसँग समन्वय गरेर अघि बढ्छौँ ः चिनियाँ विदेशमन्त्री

बेइजिङ, ३ भदौ (रासस÷सिन्ह्वा) ःचीनले अफगानिस्तानमा विकसिक परिस्थितिका लागि पाकिस्तानसँग समन्वय गरेर अघि बढ्ने बताएको छ । चिनियाँ विदेशमन्त्रीले बुधबार सो धारणा राख्नुभएको हो । उहाँले हालै अफगानिस्तानमा विकास भएको परिस्थितिका लागि पाकिस्तानसँग समन्वय गरेर अघि बढ्ने बताउनु भएको हो । चिनियाँ विदेशमन्त्री वाब यीले अफगानिस्तानलाई आवश्यक सहयोग र सहज रुपमा अहिलेको संक्रमणको व्यवस्थापनका लागि चीनले पाकिस्तानसँग समन्वय गर्नेछ । बुधबार साँझ विदेशमन्त्री वाब यी र पाकिस्तानी विदेशमन्त्री साहमोहमद कुरेसीबीच फोनवार्ता भएको थियो । त्यस फोनवार्ताका क्रममा विदेशमन्त्री वाब यीले हाल अफगानिस्तानमा विकसित परिस्थितिलाई सामान्य बनाउन र त्यहाँको सङ्क्रमणकालीन व्यवस्थापनका लागि चीनले पाकिस्तनसँग सम्पर्क र समन्वय गरेर अघि बढ्ने छ भन्नुभएको हो । उहाँले अफगानिस्तानलाई आतङ्कवादका विरुद्धमा चीनले सहयोग गर्ने धारणा पनि राख्नुभएको थियो । त्यस फोन वार्ताका क्रममा विदेशमन्त्री वाब यीले भन्नुभएको थियो कि चीनले अब अफगानिस्तानलाई आतङ्कवादबाट बचाउनका लागि सहयोग गर्नेछ र अब अफगानिस्तान पनि आतङ्कवादी जम्माहुने स्थान बन्नु हँुदैन । गएको आइतबार काबुललाई तालिबानीले कब्जामा लिएका छन् । उनीहरुले तालिबानी सरकार गठनको तयारी पनि गरिरहेका छन् । काबुलबाट प्राप्त समाचारअनुसार त्यहाँ जताततै तालिबानका हतियारधारी लडाकूले गस्ती गरिरहेका देखिएको छ भने आफ्नादेश फर्किन चाहने विदेशीले गर्दा त्यहाँको विमानस्थलको अवस्था अस्तब्यस्त भएको छ । –––

Shares

Be the first to comment on "अफगान मुद्दामा पाकिस्तानसँग समन्वय गरेर अघि बढ्छौँ ः चिनियाँ विदेशमन्त्री"

Leave a comment

Your email address will not be published.


*