अफगानिस्तान युद्ध अमेरिकालाई कति महँगो पर्यो ?

काठमाडौँ । अमेरिकाले अन्तत: अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता लाने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सेप्टेम्बर ११ अघि नै अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता लैजाने प्रक्रिया शुरु गरेका हुन् । बाइडेनले अब अमेरिकाको सबैभन्दा लामो युद्ध समाप्त गर्ने समय आएको भन्दै आफ्ना सेना फिर्ता लैजाने प्रक्रिया अगाडी बढाएसँगै यस निर्णयको अनेक कोणबाट विश्लेषण भइरहेको छ । २००१ बाट शुरु भएको तालिबानविरुद्धको यो युद्धमा कैयौं सैनिकले ज्यान गुमाएका छन् । अफगानिस्तानबाट तालिबानलाई सत्ता बाहिर राख्न अमेरिकाले २००१ मा अफगानिस्तानमा आक्रमण गरेको थियो । अमेरिकाले ओसामा बीन लादेन र अल कायदासँग जोडिएका कैयौं व्यक्तिहरुलाई अफगानिस्तानले संरक्षण गरेको आरोप लगाएको थियो । यस युद्धमा अमेरिकाले अर्बौ रकम खर्च गरेको छ भने ठुलो संख्यामा सैनिक परिचालन समेत गरेको छ । अहिले भने अफगानिस्तानमा करिब ४ हजारको हाराहारीमा मात्र अमेरिकी सैनिक रहेका छन् । युद्धको समयमा अफ्गानिस्ताबमा कुनै बेला एक लाख १० हजार सम्म सैनिक उपस्थित भएका थिए । २०१० देखि २०१२ सम्म अफगानिस्तानमा एक लाखभन्दा बढी सेना खटाइएको थियो ।अफगान युद्धमा अमेरिकाको बार्षिक खर्च सय अर्ब डलर रहेको बताइएको छ । तर २०१८ मा भने बार्षिक खर्च ४५ अर्ब डलर भएको रक्षा मन्त्रालयले उल्लेख गरेको थियो । रक्षा मन्त्रालयका अनुसार २००१ सेप्टेम्बरदेखि २०१९ सम्म अमेरिकाले अफगानिस्तान युद्धमा ७७८ अर्ब डलर खर्च गरेको छ । यसका अलावा विदेश मन्त्रालयले युएसएडमार्फत अफगानिस्तानका विकास योजनामा ४४ अर्ब डलर खर्च गरेको छ । साथै अमेरिकाले अफगानिस्तान युद्धका बेला पाकिस्तानलाई एक अड्डाको रुपमा प्रयोग गरेको थियो । एक अनुसन्धानका अनुसार अफगानिस्तान र पाकिस्तानमा गरेर अमेरिकाले लगभग ९७८ अर्ब डलर खर्च गरेको छ । यति धेरै पैसा अफगानिस्तानमा तालिबान विरोधी अभियान, सैनिकका आवश्यकताहरुमा खर्च गरियो, जसमा खानपिनदेखि मेडिकल केयर, तलब भत्ता आदि सामेल छन् । त्यस्तै २००१ को युद्द पछि अहिलेसम्म अफगानिस्तानमा २३ सय अमेरिकी सैनिकले ज्यान गुमाएका छन् भने २० हजार ६६० जना घाइते भएको आँकडा छ । त्यस्तै ब्राउन युनिभर्सिटीले २०१९ मा गरेको एक अध्ययनक अनुसार अक्टोबर २००१ देखि २०१९ सम्म अफगानिस्तानमा ६४ हाजर १०० भन्दा बढी अस्गानिस्तनी सैनिक र पुलिसकर्मी मारिएका थिए ।त्यस्तै अफगानिस्तानमा संयुक्त राष्ट्रसंघको मिशनको आँकडा हेर्नेहो भने यस अवधिमा एक लाख ११ हजार भन्दा बढी आम नागरिकको मृत्यु भएको छ ।

Shares

Be the first to comment on "अफगानिस्तान युद्ध अमेरिकालाई कति महँगो पर्यो ?"

Leave a comment

Your email address will not be published.


*