अप्पर तामाकोसीको सेयर संकलन अब साउन १६ देखि भदौ १४सम्म

दोलखा, २० असार
माथिल्लो तामाकोसीको आयोजना प्रभावितका लागि निर्धारण गरिएको मिति सरेको छ । आयोजनाको प्रबद्र्धक अप्पर तामाकोसी हाइड्रोपावर लिमिटेडको स्थानीयका लागि १० प्रतिशत सेयर अब आउँदो साउन १६ गतेदेखि भदौ १४ गतेसम्म संकलन हुने छ ।
यस अघि जारी भएको आव्हान पत्र अनुसार यही असार २४ गतेदेखि साउन ९ गतेसम्म सेयर संकलन गर्ने कार्यक्रम थियो । असारमसान्तमा किसानहरु पनि खेतीमा व्यष्त हुनु पर्ने र स्थानीय जनप्रतिनिधिहरुको मागका आधारमा सेयर संकलनको मिति सारेको अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिए ।
स्थानीय सरकारको माग, राजनैतिक दलहरुको समेत सुझाव र प्रदेश तथा प्रतिनिधि सभाको जनप्रतिनिधिहरुको समेत सल्लाहलाई मध्यनजर गरेर सेयर संकलनको मिति सार्नु परेको उनले बताए । ३ दिन अघि दोलखा जिल्ला समन्वय समितिको आयोजनामा भएको बैठकले दोलखाका ९ वटै स्थानीय तहका प्रमुख र उपप्रमुख सहितको बैठकले सेयर संकलनको मिति केही दिन पर सार्न माग गरेका थिए ।
जनप्रतिनिधिहरुको बैठकले स्थानीय (दोलखाबासी)का लागि आउँदो साउन १६ गतेदेखि भदौ १४ गतेसम्म संकलन गर्न समेत सिफारिस गरेका थिए । स्थानीय सरकारको समेत माग आएपछि कम्पनीले मंगलबारदेखि धितोपत्र बोर्ड, सेयर निष्काशन तथा विक्री प्रबन्धक नागरिक लगानी कोष र सन्राइज क्यापिटल, कम्पनीको सञ्चालक समितिसँग समेत गहन छलफल गरेको थियो ।


त्यसैगरी सेयर लगानीमा बढी सहभागीता जनाउनका लागि काठमाडौंमा पनि संकलन केन्द्रको व्यवस्था गर्न परिवारको एकै व्यक्तिको खाताबाट सबैको सेयर हाल्ने व्यवस्था गर्न समेत माग गरेका छन् । बुधकार पनि नेपाली काँग्रेसले प्रमुख जिल्ला अधिकारीमार्फत अप्पर तामाकोसीको सेयर संकलनको मिति सार्न दबाब दिएको थियो । काँग्रेस सन्तोष रिमालले वर्षात् सकिएपछि सेयर संकलन गर्न माग गरेको बताए ।
माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानलेले स्थानीयको काठमाडौबाट समेत सेयर हाल्न पाउने व्यवस्था, एक परिवारका एक जनाको बैंक खाताबाट समेत अरुको सेयर हाल्न पो जनप्रतिनिधिको स्थानीयको मागको विषयको विषयमा धितोपत्र बोर्डसँग छलफलमा रहेको बताए । उनले धेरैभन्दा धेरै स्थानीयको सेयर संकलन गर्ने गरी काम गरिरहेको उनले बताए ।
“जनप्रतिनिधिहरुको मागलाई समेत हामीले सकारात्मक नै छन्”, उनले भने “धितो पत्र बोर्डको स्वीकृत पाएको २ महिना भित्र सेयर संकलन सुरु गर्नु पर्ने कानुनी बाध्यता छ ।’ धितो पत्र बोर्डले जेठ २३ गते स्वीकृत पाएको हो । धितोपत्र बोर्डबाट स्वीकृत पाए सेयर निष्काशनकर्ता नागरिक लगानी कोष र सनराइज क्यापिटलले सेयर आव्हान गरेका हुन् ।
स्थानीयको सेयर संकलन नगरी सर्वसाधारणको १५ प्रतिशत सेयर संकलन गर्न पाइन्न । सर्वसाधारण १५ प्रतिशत र जिल्लाबासीको १० प्रतिशत गरी २५ प्रतिशत सेयर संकलन गर्नु पर्छ । त्यसवापत २ अरब ६४ करोड हुन्छ ।
सेयर संकलन ढिला हुँदा आयोजनालाई मासिक २ करोड ६४ लाख व्याज भुक्तानी गर्नु पर्छ । आयोजनाको हालसम्म ४० अरब खर्च भइसकेको छ । स्थानीय र सर्वसाधारणको सेयर संकलन नभए आयोजनाका लागि भुक्तानी मै समस्या हुने देखिन्छ ।
कम्पनीले पहिलो पटक २०७१ फागुनमा सेयर आव्हान गरेको थियो । आयोजनामा कार्यरत मजदुर र स्थानीयको आन्दोलनका कारण स्थगित भएको सेयर दोस्रो पटक संकलन हुन साँढे तीन वर्ष मा सेयर निष्काशन प्रक्रिया सुरु भएको हो ।

Shares

Be the first to comment on "अप्पर तामाकोसीको सेयर संकलन अब साउन १६ देखि भदौ १४सम्म"

Leave a comment

Your email address will not be published.


*