अपाङ्ग मैत्री घर बनाइएन –उपप्रमुख कमला बस्नेत

चरिकोट–भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेतले दोलखामा भुकम्प पश्चात् निजी घर ८० प्रतिशत बनिसकेको भए पनि अपाङ्गमैत्री नबनाइएको बताएकी छिन् ।
बिहीबार चरिकोटमा आयोजित अपाङ्गता भएका महिला र बालबालिकाको सवालमा सरोकारवाला बीच समन्वय तथा छलफल कार्यत्रममा उनले यस्तो बताएकी हुन् ।
उनले जो सुकै पनि दुर्घटना या त अन्य कारणले अपाङ्ग बन्न सक्ने भएता पनि निजी आवासहरु अपाङ्गको लागि उपयुक्त बन्न नसेको बताइन् ।
सरकारी पक्षलाई मात्र अपाङ्गमैत्री भौतिक संरचना बनाउन किन सकेन भनेर प्रश्न गरिरहँदा आफ्नो घर अपाङ्गमैत्री, बालमैत्री र जेष्ठनागरिक मैत्री बनाउनु पर्छ कि पर्दैन सोच्नु पर्ने उनले बताइन् ।
अर्को प्रशंगमा उनले आफु निर्वाचित भएपछि सुरुको वर्षमा अपाङ्गको क्षेत्रमा कुनै कार्य गर्न नसकेको भए पनि दोस्रो वर्ष नगरपालिकाले अपाङ्गताको क्षेत्रमा विषेश कार्य गरेको बताइन् ।
५ समुह बनाइ अपाङ्गता भएका मानिसको समस्या र सवालको पहिचान गरि छलफल गरिएको थियो ।
कार्यक्रममा अपाङ्ग मैत्री भौतिक संरचना नहुनु, घर परिवारबाटै अपहेलित हुनु, अपाङ्गमैत्री शिक्षा नहुनु, अपाङ्गलाई समाजले अमर्यादित शब्द प्रयोग गरि बोलाउनु, विपद्मा ध्यान नदिनु लगायतको विषयमा छलफल गरिएको थियो । सरोकारवाला निकायले अपाङ्गता भएका व्यक्तिहरुको हितका निम्ती आफ्नो तर्फबाट काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छन् ।
छलफलमा अपाङ्ग तथा दृष्टिविहिन समुदाय सेवा संघ दोलखा अध्यक्ष रामकृष्ण तमाङ, भीमेश्वर नगरपालिकाका कर्मचारी लगायत अपाङ्ग तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
छलफल कार्यक्रम अपाङ्ग तथा दृष्टिविहिन समुदाय सेवा संघ दोलखाको आयोजनामा सम्पन्न भएको हो ।

Shares

Be the first to comment on "अपाङ्ग मैत्री घर बनाइएन –उपप्रमुख कमला बस्नेत"

Leave a comment

Your email address will not be published.


*