अपाङ्गता भएका व्यक्तिलाई कुखुराकाे चल्ला वितरण

इश्वर दाहाल
चरिकोट, बैशाख ७
दोलखा जिल्लाको बैतेश्वर गाँउपालिका वडा नं ३ मिर्गेले मंगलबार अपाङ्गता भएका व्यक्तिहरुलाई कुखुराको चल्ला वितरण गरेको छ । सामाजिक सुरक्षा भत्ता लिने बाहेकका ११ जना अपाङ्गता भएका व्यक्तिलाई १०–१० ओटाका दरले कुखुरा वितरण गरिएको वडा कार्यालयले जनाएको छ । साथै १४–१४ केजिका दरले तिनै चल्लाको लागि दाना समेत वितरण गरिएको छ । वडाले चालु आर्थिक वर्षमा वडाभरिका सबै वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । त्यस्तै वडाका अपाङ्गता भएका व्यक्तिहरुको हकहित संरक्षणका लागि कमल प्रसाद दहालको अध्यक्षतामा ८ सदस्यिय समिति समेत गठन गरिएको थियो ।

Shares

Be the first to comment on "अपाङ्गता भएका व्यक्तिलाई कुखुराकाे चल्ला वितरण"

Leave a comment

Your email address will not be published.


*