तेह्रथुम, ६ असोजः जिल्ला प्रशासन कार्यालय तेह्रथुमले अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै पुगेर नागरिकता प्रदान गर्ने गरेको छ । अपाङ्गता भएका, नागरिकता लिन कार्यालयसम्म आउन नसक्नेहरूको सहजताका लागि घरमै गएर नागरिकता प्रदान गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जानकारी दिनुभयो । उहाँले वैशाखयता मात्र जिल्लाका १४ जना अपाङ्गता भएका व्यक्तिहरूलाई कार्यालयको टोलीले घरमै पुगेर नागरिकता प्रदान गरिसकेको बताउनुभयो । “नागरिकता लिन जिल्ला प्रशासन कार्यालयमा व्यक्ति स्वयं उपस्थित हुनुपर्छ तर कार्यालयसम्म आउन नसक्ने अपाङ्गता भएकाहरूलाई भने जनप्रतिनिधिमार्फत अपाङ्गता पहिचान गरी वडाले नै सबै कागजात बनाइसकेपछि घरमै नागरिकता प्रदान गर्ने गरिएको छ”, प्रमुख जिल्ला अधिकारी अर्यालले भन्नुभयो । अपाङ्गता भएको छोरालाई नागरिकता बनाउन सदरमुकाम लिन नसक्दा उमेर पुगेको आठ वर्षपछि टोलीले घरमै आएर नागरिकता दिँदा निकै खुसी लागेको मेन्छ्यायेम–४ का भवानीप्रसाद लिम्बूले बताउनुभयो “बोल्न, सुन्न र हिँड्न नसक्ने २४ वर्षीय छोरालाई बोकेर जिल्ला सदरमुकाम जान सकेका थिएनौँ । हालै प्रमुख जिल्ला अधिकारीसहितको टोली घरमै आएर नागरिकता दिँदा निकै खुसी लागेको छ”, उहाँले भन्नुभयो । स्थानीय मन्दिरा खतिवडाले पनि मेरुदण्डमा समस्या भएकी छोरीलाई छोरीलाई घरमै आएर नागरिकता प्रदान गर्दा सहज भएको बताउनुभयो । “ बोल्न, सुन्न, हिँडडुल गर्न नसक्ने छोरीलाई बोकेर सदरमुकाम पुर्याउन निकै गाह्रो थियो । लामो कच्ची बाटोमा गाडीमा लिन पनि समस्या छ । पहिला अपाङ्गताको कार्ड बनाउन जाँदा मुस्किलले बोकेर लगिएको थियो, अहिले नागरिकता भने घरमै पाइयो”, उहाँले खुसी व्यक्त गर्नुभयो । यहाँ शुक्रबार पनि मेन्छ्यायेम गाउँपालिकाका बौद्धिक अपाङ्गता भएकी वडा नं ६ की बालकुमारी थापा र वर्षा नेपाली, शारीरिक अपाङ्गता भएकी वडा नं ५ की प्रमिला खतिवडा, वडा नं ४ का विमल लिम्बू र सञ्सिता लिम्बूलाई घरमै गएर जिल्ला प्रशासन कार्यालयको टोलीले नागरिकता प्रदान गरेको थियो । यस्तै पालिकामा शनिबार पनि पाँचजना अपाङ्गता भएकाहरूलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको थियो । —
अपाङ्गता भएकाहरूलाई घरमै नागरिकता
Posted By: दीक्षण दैनिक ६ आश्विन २०८१, आईतवार १०:४६
५ आश्विन २०८१, शनिबार २१:२७
चरिकोट स्थित सातदोबाटोमा फेला परेको मृगको उद्धार
५ आश्विन २०८१, शनिबार १८:३८
सुविधामा विभेद गरेको भन्दै माथिल्लो तामाकोशीका कर्मचारी आन्दोलित
५ आश्विन २०८१, शनिबार १८:२७
एक महिने मोटरसाइकल तालिम सम्पन्न
६ आश्विन २०८१, आईतवार १२:०८
तामाकोसी हाइड्रो कम्पनीमा रहेको समस्या समाधान गर्न दोलखाका राजनैतिक दल सहमत
५ आश्विन २०८१, शनिबार १८:२९
प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
६ आश्विन २०८१, आईतवार ०८:०२
विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै
६ आश्विन २०८१, आईतवार १२:३३
सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड
६ आश्विन २०८१, आईतवार १३:०६
कोरियन भाषा पढाइले विद्यार्थी उत्साहित
६ आश्विन २०८१, आईतवार १२:२४
गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
६ आश्विन २०८१, आईतवार १०:४६
Be the first to comment on "अपाङ्गता भएकाहरूलाई घरमै नागरिकता"