अपाङ्गता भएकाहरुलाई बैंक खाता खोल्न आग्रह

चरिकोट(दीस)ः मेलुङ गाउँपालिकाले अपाङ्गता भएकाहरुलाई बैंक खाता खोल्न आग्रह गरेको छ । गाउँपालिकाले गाउँपालिका भित्र बस्ने ग वर्गको अपाङ्गता परिचय पत्र प्राप्त गरेका स्थानीयहरुलाई मेलुङमा रहेको सानिमा बैंकको शाखामा खाता खोल्न आग्रह गरेको हो ।
अपाङ्ग भत्ता उपलब्ध गराउने प्रयोजनका लागि गाउँपालिकाले सार्वजनिक सूचना जारी गरी खाता खोल्न आग्रह गरेको मेलुङ गाउँपालिकाका प्रबक्ता नवराज खड्काले जानकारी दिनुभयो । असार ६ गते भित्र बैंक खाता खोली सक्न सरोकारवालाहरुलाई आग्रह गरिएको प्रबक्ता खड्काको भनाई रहेको छ ।

Shares

Be the first to comment on "अपाङ्गता भएकाहरुलाई बैंक खाता खोल्न आग्रह"

Leave a comment

Your email address will not be published.


*