अपाङ्गतालाई स्वरोजगार बनाउन झोल साबुन तथा फिनेल बनाउने तालिम

राजकुमार भुजेल (निर), चरिकोट । अपाङ्गताहरुको सीप बृद्धि गरी स्वरोजगार बनाउने उद्देश्यले दोलखाको कालिन्चोक गाउँपालिका वडा नं ३ सिङ्गटीमा झोल सावुन तथा फिनेल बनाउने तालिम दिइएको छ। कालिन्चोक गाउँपालिका भित्रका दृष्टिविहीन, श्रवणविहीन र अन्य अपाङ्गता भएका व्यक्तिहरुलाई समेटेर कालिन्ञ्चाेक गाउँपालिकाको आयाेजना र बाैदिक तथा समुदायमा आधारित अपांग पुर्णस्थापना केन्द्र चरिकाेटको सह-आयोजनामा तालिम दिइएको गरेको हो। संस्थाले शनिबारबाट झोल साबुन र फिनेल बनाउने तालिम दिइएको बाैदिक तथा समुदायमा आधारित अपांग पुर्णस्थापना केन्द्र चरिकाेटका सचिव हरि बहादुर आचार्यले जानकारी दिनुभयो। उहाँले अपाङ्गता भएका व्यक्तिलाई समाजमा स्वाभिमानपूर्वक बाँच्न सक्ने बनाउनका निम्ति सो तालिम दिइएको बताउनुभयो । पाँच दिन सम्म सञ्चालन भएको तालिममा कल्पना घतानी र रूपक बस्नेतले तालिमको सहजीकरण गर्नुभएको छ। तालिममा २७ जनाको सहभागिता रहेको छ।

Shares

Be the first to comment on "अपाङ्गतालाई स्वरोजगार बनाउन झोल साबुन तथा फिनेल बनाउने तालिम"

Leave a comment

Your email address will not be published.


*