अपर तामाकोसी हाईड्रोपावर कम्पनीको कार्यकारी अधिकृतमा मोहन गौतम

चरिकोट ः अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा मोहनप्रसाद गौतम नियुक्त हुनु भएको छ  । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको सञ्चालक समितिको चैत १४ गतेको २७२ औं बैठकले उहाँलाई कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । गौतम नेपाल विद्युत प्राधिकरणका ११ औं तहका (निर्देशक) हुनु हुन्छ ।
अपर तामाकोशी हाइड्रोपावर लिमिटेड क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण, सञ्चालन र व्यवस्थापन गर्न संस्थापना गरिएको कम्पनी हो । कम्पनीले प्रवद्र्धन गरेको राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजना निर्माण सम्पन्न भई हाल सञ्चालनमा रहेको छ । तर रोलवालिङ डाइभर्सनको काम भने बाँकी नै रहेको छ ।
रोल्वालिङ खोलाको पानीलाई स्थान्तरण गरी माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको जलाशयमा मिसाउदा प्राप्त हुने हेडलाई प्रयोग गरी कम्पनीले २१ मेगावाटको छुट्टै आयोजना निर्माण गर्न लागेको छ । रोल्वालिङ खोला माथिल्लो तामाकोशीमा मिसाउँदा २१ करोड ६० लाख युनिट थप ऊर्जा प्राप्त हुने छ ।
जलविद्युत क्षेत्रमा २५ वर्षभन्दा बढी काम गरेको अनुभव उहाँसँग छ । २०६० सालमामा नेपाल विद्युत प्राधिकरणमा सेवा प्रवेश गर्नु भएका उहाँले २०६४ देखि २०७२ सम्म माथिल्लो तामाकोशी जलविद्युत आयोजनामै विभिन्न जिम्मेवारीमा रहेर काम गर्नु भएको थियो ।
चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको अपर तामाकोशी हाइडूोपावर लिमिटेडमा प्राधिकरणको ४१ प्रतिशत, नेपाल दूरसञ्चार कम्पनीको ६ प्रतिशत र नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानको २÷२ प्रतिशत संस्थापक सेयर स्वामित्व रहेको छ ।यसैगरी कम्पनीमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको १७.२८ प्रतिशत, आयोजनामा ऋण प्रवाह गर्ने कर्मजारीहरुको २.८८ प्रतिशत, कम्पनी र प्राधिकरणका कर्मचारीहरुको ८.८४ प्रतिशत, दोलखाबासीको १० प्रतिशत तथा सर्वसाधारणको १५ प्रतिशत साधारण सेयर रहेको छ । थप लगानी जुटाउन कम्पनी हकप्रद शेयर निश्काशन गर्ने प्रकृयामा रहेको छ ।

Shares

Be the first to comment on "अपर तामाकोसी हाईड्रोपावर कम्पनीको कार्यकारी अधिकृतमा मोहन गौतम"

Leave a comment

Your email address will not be published.


*