अपर तामाकोसी हाइड्रो पावरको बुकक्लोज श्रावण २६ गते

चरिकोट(दीस)ः अपर तामाकोशी हाइड्रो पावर लिमिटेडको श्रावण २६ गते बुलक्लोज हुने भएको छ । हकप्रद शेयर निश्काशनको प्रयोजनको लागि शेयर धनी पहिचान गर्न श्रावण २६ गते एक दिनको लागि कम्पनीले बुक क्लोज गर्ने भएको हो ।
१ः१ हकप्रद शेयर जारी गर्ने कम्पनीको गतवर्ष भदौ ३ गते बसेको चौधौँ साधारण सभाको निर्णय बमोजिम शेयर जारी गर्नका लागि शेयर धनीको अन्तिम नामावली तयार गर्ने प्रयोजनकालागि श्रावण २६ गते बुकक्लोज गर्न लागिएको अपर तामाकोशी हाइड्रो पावर कम्पनीले हालै एक सूचना जारी गरी जनाएको छ । श्रावण २५ गते सम्म नेपालस्टक एक्सचेन्ज लिमिटेडमा कारोवार भइ शेयर खरिद गर्ने शेयर धनीहरुले मात्र हकप्रद शेयर भर्नपाउने कम्पनीको भनाई छ ।

Shares

Be the first to comment on "अपर तामाकोसी हाइड्रो पावरको बुकक्लोज श्रावण २६ गते"

Leave a comment

Your email address will not be published.


*