अपर तामाकोसी हाइड्रोपावर कम्पनीको शेयर अभौतिकिकरण गर्न आग्रह

चरिकोट(दीस) ः माथिल्लो तामाकोसी जलविद्युत आयोजना प्रभावितहरुको कागजी शेयर अभौतिकीकरण गर्न सनराइज क्यापिटलले आग्रह गरेको छ । अझैपनि ठूलो संख्यामा रहेका स्थानीयहरुले शेयर अभौतिकीकरण नगरेका कारण क्यापिटलले सो आग्रह गरेको हो । क्यापिटलले सार्वजनिक सूचना जारी गर्दै स्थानीय प्रभावितले प्राप्त गरेको शेयर अभौतिकिरण नगरेकोले तामाकोसी हाइड्रोपावर कम्पनीले निकट भविष्यमा जारी गर्ने राईट शेयर प्राप्त गर्नका लागि शेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ । कम्पनीले १ः१ राइट शेयर दिने निर्णय गरिसकेको छ ।माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी अपर तामाकोसी हाइड्रोपावर कम्पनीको प्रबन्धपत्रमै स्थानीयलाई १० प्रतिशत सेयर दिने उल्लेख गरिएको थियो । शेयर परेर हालसम्म पनि शेयर भरेको स्लिप वा कागजी शेयर प्रमाण पत्र लिएर बसेकाहरुलाई शेयर अभौतिकिकरण गर्न अपर तामाकोसी हाइड्रोपावर कम्पनी तथा सनराइज क्यापिटलले आग्रह गर्दै आएको छ ।
अझै करिब दुई लाख सेयर धनीको सेयर अभौतिकिकरण हुन सकेको छैन । अहिले सेयर अभौतिक गर्न स्थानीयहरुलाई समस्या भएको छ । स्थानीय मात्र होइन आठ वर्षअघि सेयर भरेर प्रमाणपत्र बोकेका सञ्चयकर्ताको समेत सेयर अभौतिकिकरण हुन सकेको छैन । शेयर अभौतिकिकरण गर्न भन्दै डिम्याट खाता खोल्न क्यापिटलका टोली गाउँ गाउँमा पुगे । दोलखा महोत्सवको आठ दिनदेखि क्यापिटल र ब्रोकर कम्पनीहरुले डिम्याट खाता खोल्न स्टल नै राखे, अपर तामाकोसीकै व्यवस्थापनमा एक महिनाअघि मुख्य कार्यालय गोंगरमा शिविर नै भयो तर पनि शेयर अभौतिकिकरणमा खासै प्रगति हुन सकेको छैन । ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको शेयर अभौतिकिकरण गर्न सरल प्रकृया नअपनाउने हो भने सर्वसाधारण हकप्रद शेयरबाट बञ्चित हुने भएकोले शेयर अभौतिकिकरणलाई उच्च प्राथमिकता दिनु पर्ने स्थानीय दोलखालीहरुको माग रहेको छ । साथै स्थानीय तहहरुले पनि सचेतनामुलक कार्यक्रम संचालन गर्न आवश्यक रहेको दोलखाका स्थानीय बुद्धिजिवीहरुको भनाई रहेको छ ।

Shares

Be the first to comment on "अपर तामाकोसी हाइड्रोपावर कम्पनीको शेयर अभौतिकिकरण गर्न आग्रह"

Leave a comment

Your email address will not be published.


*