अपर तामाकोशीको हकप्रद शेयर ७८ प्रतिशत सङ्कलन

चरिकोट(दीस) ः अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडका शेयरधनीबाट हकप्रद शेयरबापतको ७८ प्रतिशत रकम सङ्कलन भएको छ । विहिवार सम्ममा उक्त रकम संकलन भएको हो ।
दोलखामा सञ्चालित चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनीले गत भदौ १८ गतेदेखि शेयरधनीलाई एक कित्ता शेयर बराबर एक कित्ताको प्रति शेयर रु एक सय अङ्कित दरको हकप्रद शेयर निश्कासन गरिरहेको छ ।कम्पनीका संस्थापकहरु नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लि(नेपाल टेलिकम), नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानले आफ्नो सेयर अनुपातमा हकप्रद शेयर बापतको रकम शतप्रतिशत चुक्ता गरिसकेका छन् । संस्थापकहरुले रु पाँच अर्ब ४० करोड ९ लाख चुक्ता गरिसकेको कम्पनीले जनाएको छ ।
४९ प्रतिशत साधारण शेयरमध्ये सर्वसाधारणबाट रु पाँच अर्ब १९ करोड ९१ लाख चुक्ता हुनुपर्ने छ । कम्पनीका अनुसार हालसम्म सर्वसाधारण शेयरधनीबाट रु दुई अर्ब ८३ करोड अर्थात ५५ प्रतिशत रकम सङ्कलन भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले जानकारी दिनुभयो । दोलखाका धेरै स्थानीयहरुको डिम्याट खाता नभएकोले स्थानीयहरुलाई शेयर भर्न समस्या भएको छ । थपिएको समयमा पनि दोलखालीहरुबाट सतप्रतिशत हकप्रद शेयर भरिनेमा स्थानीयहरुले शंका गरेका छन् ।

Shares

Be the first to comment on "अपर तामाकोशीको हकप्रद शेयर ७८ प्रतिशत सङ्कलन"

Leave a comment

Your email address will not be published.


*