अपर तामाकोशीको शेयर पौष १३ बाट लिलाम गरिने

चरिकोट(दीस)ः अपर तामाकोसी हाइड्रोपावरको नविकेको हकप्रद शेयर लिलामीबाट विक्रि गरिने भएको छ । पौष १३ गतेबाट सो शेयरको लिलामी गरिने भएको छ ।
अपरको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सर्वसाधारण समूहको सेयर लिलामी बिक्रीमा राख्न लागिएको सनराइज क्यापिटलले जनाएको छ । इच्छुक व्यक्ति तथा संघसंस्था लगानीकर्ताले पुस १३ गतेदेखि २९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन दिन सक्नेछन् । बिक्री प्रवन्धक नागरिक लगानी कोष र सनराइज क्यापिटलको कार्यालयमा आवेदन बुझाउन सकिने छ । प्रतिकित्ता न्यूनतम १ सय रुपैयाँ मूल्य नघट्ने गरी लिन चाहेको मूल्य तोकेर आवेदन बुझाउनुपर्ने बिक्री प्रवन्धकको भनाई रहेको छ । लिलाम बढाबढको आधारमा शेयरको विक्री गरिने छ ।

Shares

Be the first to comment on "अपर तामाकोशीको शेयर पौष १३ बाट लिलाम गरिने"

Leave a comment

Your email address will not be published.


*