अपराध संहिता र देवानी संहिताबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

चरिकोट –दोलखाको मेलुङ्ग गाउँपालिकाका गाउँ सभाका सदस्य तथा वडाका सचिवहरुलाई मुलुकी अपराध संहिता र देवानी संहिता सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम शनिवार सकिएको छ ।
मेलुङ्ग गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा बोल्दै जिससका प्रमुख डबल पाण्डले ५३ वर्षपछि मुलुकी ऐन परिवर्तन भएको र यस कार्यक्रमले जनप्रतिनिधिलाई नयाँ ज्ञान दिने विश्वास व्यक्त गरे ।
त्यसैगरी गाउँपालिका प्रमुख नरबहादुर श्रेष्ठले नेपालको संविधान भर्खरै जारी भएकोले जनप्रतिनिधिलाई देवानी संहिता तथा अपराध संहिताको बारेमा थाहा नहुने भएकोले अभिमुखीकरण तालिम दिएको बताए । कानुन कार्यन्वयन गर्न सजिलो हो भनेर अभिमुकिरण तालिम दिएको उनले बताए । दोलखामा अभिमुखीकरण संहिता सम्बन्धी तालिममा दिने पहिलो गाउँपालिका रहेको पनि श्रेष्ठले बताए ।
अभिमुखीकरण तालिममा मेलुङ्ग गाउँपालिकाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडासचिवको सहभागिता रहेको थियो । अभिमुखीकरण कार्यक्रममा जिल्ला न्यायाधीश तेजबहादुर खड्का, प्रजिअ सागरमणि पाठक तथा कानून व्यवसायीले सहजीकरण गरेका थिए ।

 

Shares

Be the first to comment on "अपराध संहिता र देवानी संहिताबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न"

Leave a comment

Your email address will not be published.


*