अन्र्तराष्ट्रिय समन्वय समाज दोलखामा नयाँ नेतृत्व

दीक्षण समाचार
चरिकोट, १० कात्र्तिक
अन्तराष्ट्रिय समन्वय समाज दोलखाको प्रथम जिल्ला अधिवेशनले दिपेन्द्र अधिकारीको नेतृत्वमा २१ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । चरिकोटमा शनिबार सम्पन्न अधिवेशनले दोलखाको बैतेश्वर गाउँपालिका ८ क्षेत्रपा स्थायी घर भएका अधिकारीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको हो ।
५ वर्ष दक्षिण कोरियामा रोजगारी गरेर फर्केका अधिकारी य अघि तदर्थ समितिमा वरिष्ठ उपाध्यक्ष थिए । कोरियामा रहँदा पनि त्यहाँ रहेको दोलखाली समाज दक्षिण कोरियाको अध्यक्ष भएर सामाजिक कार्यमा सक्रिय थिए ।


समाजको बरिष्ठ उपाध्यक्षमा बिगु गाउँपालिका ४ का लादुक बिजय दुलाल, प्रथम उपाध्यक्षमा बैतेस्वर २ का कुमार श्रेष्ठ, द्धितीय उपाध्यक्षमा सोही स्थानका मोहन श्रेष्ठ र महासचिवमा भीमेश्वर नगरपालिका १ का हरिशकुमार थामी चयन भएका छन् । यस्तै सचिवमा सुमन शर्मा, सह सचिवमा राधिका रिमाल, प्रवक्ता गौरीशंकर गाउँपालिका २ का सविनकुमार खड्का, सदस्यहरुमा एक्का श्रेष्ठ, रुपिना खड्का लगायत चयन भएका छन् । तृतिय उपाध्यक्ष, कोषाध्यक्ष र सह कोषाध्यक्ष भने पछि मनोनित गर्ने समन्वय समाजले जनाएको छ ।
‘स्वदेशमै रोजगार, स्वदेशी शान, सम्बृद्ध दोलखा हाम्रो अभियान’ भन्ने नाराका साथ आयोजना गरिएको अधिवेशनको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डवल पाण्डेले उद्घाटन गरेका थिए । उद्घाटन मन्तव्य व्यक्त गर्दै प्रमुख पाण्डेले स्वदेशमै उत्पादन र रोजगारीसँग सम्वन्धित काम गर्ने युवाहरुलाई स्थानीय सरकारले सहयोग गर्ने बताए । समाजका अध्यक्ष हरि खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भीमेस्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेत, सामुदायिक रेडियो प्रसारक सँघका केन्द्रिय कोषाध्यक्ष लक्ष्मण खड्का, नेपाल पत्रकार महासँघ दोलखा शाखाका अध्यक्ष जीवन लामा, आवाज नेपाल दोलखाकी अध्यक्ष सिर्जना कार्की, पत्रकार गोकर्ण भण्डारी बैतेश्वर युवा सञ्जालका अध्यक्ष पुस्कर अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
समाजको आजिवन सदस्य भएका २४ जना र साधारण सदस्यलाई प्रमाण पत्र वितरण भयो । कार्यक्रममा बैदेशिक रोजगारमा गएर स्वदेश फर्किएका हरि खत्री, बिजय दुलाल, कुमार श्रेष्ठ, नितेशुकमार थामी र सविन खड्काले स्वदेशमै उद्यम र व्यवसाय गरी रोजगारीको सिर्जना गर्ने अभियानमा आफूहरु जुटेको बताएका थिए । उनीहरु सवै अन्तराष्ट्रिय समन्वय समाज दोलखाका सँस्थापक हुन् । उनीहरुकै पहलमा प्रवास भिजन नामक कम्पनी गठन गरी निजी आवास पुनः निर्माणको काम गर्दै आएका छन् ।
अन्र्तराष्ट्रिय समन्वय समाज दोलखामा रोजगारी, अध्ययनका सिलसिलामा दक्षिण कोरिया, जापान, मलेसिया, दुबई, ओमन, इराक, कतार, कुबेत, साउदी अरेबिया लगायतका १३ देशमा पुगेका प्रवासी दोलखालीहरु आवद्ध छन् । नवनिर्वाचित अध्यक्ष अधिकारीले विदेशमा सिकेका सिप र श्रमलाई स्वदेशमै प्रयोग गर्ने र सुरक्षित बैदेशिक रोजगारीका लागि पहल गर्ने बताए ।

Shares

Be the first to comment on "अन्र्तराष्ट्रिय समन्वय समाज दोलखामा नयाँ नेतृत्व"

Leave a comment

Your email address will not be published.


*