अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली प्रविधि “वर्षा पम्प” लाई सफलता

काठमाडौं । विश्वमै लोकप्रिय वर्षा–पम्पको निर्माण कम्पनी अक्वेस्टा नेपालले वाटर एण्ड एनर्जी फर फुड (डब्लुईफोएफ) ग्राण्ड च्यालेन्जमा विजय हासिल गरेको छ । साउथ एण्ड साउथ इस्ट एसिया रिजनल इनोभेसन हबले आयोजना गरेको उक्त च्यालेन्जमा समग्र क्षेत्रबाट नेपालको अक्वेस्ट लगायत अन्य १० कम्पनी विजेता बनेका हुन् । सो च्यालेन्जमा कृषि खाद्य उत्पादनलाई सहयोग पु¥याउने उद्देश्यले पानी तथा उर्जामा आधारित रही निर्माण भएका प्रविधिहरुबीच प्रतिस्पर्धा गरिएको थियो । जसमा दक्षिण एसिया तथा दक्षिण पूर्वी एसिया क्षेत्रका विभिन्न मुलुकहरुको सहभागिता थियो । सोही च्यालेन्जमा नेपालको अक्वेस्टा नेपाल प्राइभेट लिमिटेड कम्पनी अग्रस्थानमा आएको कम्पनीका प्रमुख सुजन दुलालले जानकारी दिएका छन् । उक्त प्रतिस्पर्धाको कूल राशी २० लाख डलरको छ, जुन ११ जना प्रतिस्पर्धीहरुलाई दिइनेछ । पुरस्कार राशी आयोजकले गर्ने निड एसेसमेन्टको आधारमा प्रदान गरिने हुँदा कुन विजेताले कति पाउने भन्ने कुरा पछि निर्क्यौल हुने बताइएको छ । विजेता टिमलाई पुस्कार राशीका साथै प्राविधिक सहयोग र सिकाई पनि प्रदान गरिने बताइएको छ ।सो च्यालेन्जमा अक्वेस्टा नेपालले आफ्नो पुरानो वर्षा–पम्पकै आधुनिक तथा परिस्कृत डिजाइन हाईपम्पलाई प्रस्तुत गरेको थियो । यस पम्पले पनि पुरानो पम्पले जस्तो खोला तथा नहरबाट पानी तानेर खेतमा सिचाईं गर्दछ । यसमा कुनै इन्धन वा विद्युत उर्जाको प्रयोग हुँदैन । यसअघिको वर्षा–पम्पको तुलनामा यसको क्षमता धेरै छ । वर्षा पम्म २० मिटर उचाइसम्म पानी तान्न सक्थ्यो भने अहिलेको हाई पम्प प्रविधिले दुई सय मिटरसम्म पानी तान्न सक्छ । त्यस दिनमा एक हेक्टर जमिन सिचाईं गर्थ्यो भने अहिले यसले दैनिक ४० हेक्टर जमिन सिचाईं गर्न सक्छ ।अक्वेस्टाले निर्माण गरेको वर्षापम्प हाल २३ मुलुकमा प्रयोग भइरहेका छन् । नयाँ हाईपम्प निर्माण कार्य कम्पनीले सकिसकेको छ भने यसलाई व्यवसायिकरुपमा इन्स्टल गर्ने काम बाँकी रहेको छ । – टेकपानाबाट

Shares

Be the first to comment on "अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली प्रविधि “वर्षा पम्प” लाई सफलता"

Leave a comment

Your email address will not be published.


*