अनेरास्ववियू क्रान्तिकारी दोलखाले भन्यो –विद्यार्थी सहुलियत छुट गर

चरिकोट (दीस) –नेकपा माओवादी केन्द्रको भात्रृसंगठन अनेरास्ववियू क्रान्तिकारी दोलखाले बिभिन्न माग गर्दै जिल्ला प्रशासन कार्यालय दोलखामा बुधबार ज्ञापनपत्र बुझाएको छ । सार्वजनिक यातायातमा बढी भाडा असुल गरेको तथा विद्यार्थी सहुलियत छुट नदिएको र दोलखाका काउन्टरहरुले यात्रुलाई टिकट नदिएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । बजारमा अस्वभाविक मुल्यवृद्धि भएको, गुणस्तरहीन र म्याद गुज्रिएका सामाग्रीहरुको बिक्री वितरण भइरहेकोले आवश्यक अनुगमन गरी कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाइएको अनेरास्ववियू क्रान्तिकारी दोलखाका अध्यक्ष नवराज श्रेष्ठले बताउनु भयो । दोलखामा अहिले सार्वजनिक यातयातमा ४५ प्रतिशत बिद्यार्थीलाई छुट नदिएकोले तत्काल छुट दिन माग गरिएको उहाँले बताउनु भयो ।

 

Shares

Be the first to comment on "अनेरास्ववियू क्रान्तिकारी दोलखाले भन्यो –विद्यार्थी सहुलियत छुट गर"

Leave a comment

Your email address will not be published.


*