अनुदानमा औद्योगिक प्रविधि हस्तान्तरण सुरु

ईश्वर बिश्वकर्मा
चरिकोट, जेठ २६
दोलखामा अवस्थित घरेलु तथा साना विकास समितिले ८० प्रतिशत अनुदानमा प्रविधि वितरण गर्न सुरु गरेको छ ।
समितिको प्रविधि हस्तान्तरण कार्यक्रमअन्तर्गत छनौटमा परि सञ्चालनमा रहेका ८६ वटा फार्म तथा साना उद्योगलाई प्रविधि हस्तान्तरण गर्न सुरु गरेको हो । २० प्रतिशत भने उद्ममीले नै व्यहाेर्नु पर्ने जनाइएकाे छ ।

समितिको कार्यालयमा दर्ता भई सञ्चालनमा रहेका कृषि फार्म, सिलाइकटाई उद्योग, पोल्र्टी फार्म लगायतको उद्योगलाई समितिले अनुदानमा प्रविधि हस्तान्तरण गरिरहेको समितिले जनाएको छ । उद्यमीको आवश्यकताको आधारमा जुकी सिलाई मेसिन, हाते ट्याक्टर,  थान कुखुरालाई पानी दिने भाँडा, इन्टरलक मेसिन लगायतका औद्योगिक सामग्री हस्तान्तरण गर्न थालिएको हो ।


समितिले साना उद्योग तथा घरेलु उद्योगको प्रवद्र्धन गर्न र उद्योगप्रति आकर्षण गराउन प्रत्येक वर्ष अनुदानमा उद्यमीहरुलाई प्रविधि हस्तान्तरण गर्ने गरिएको समितिका कार्यालय प्रमुख सुजित कुमार झाले बताए । उनले अनुदानमा प्रविधि पाउने साना तथा घरेलु उद्योग र कृषकहरुलाई प्रविधिको समुचित प्रयोग गरि उत्पादन बढाई जिल्लालाई आत्मनिर्भर बनाउन अनुरोध गरेका छन् । समितिले गत असोज महिनामा अनुदान माग गर्न सुचना जारी गरेको थियो । १ सय भन्दा बढीको माग आवेदन परेकोमा ८६ वटा उद्यम छनौटमा परेको थियो । असार ३ गतेसम्म उद्यमी व्यवसायीले अनुदान बुझिसक्नु पर्ने समितिका उद्यम विकास सहजकर्ता बासु प्रसाद सेढाईँले बताए ।

Shares

Be the first to comment on "अनुदानमा औद्योगिक प्रविधि हस्तान्तरण सुरु"

Leave a comment

Your email address will not be published.


*