अनुदानका लागि समूह छनोट

चरिकोट(दीस)ः भीमेश्वर नगरपालिका वडा नम्बर एकले ब्यावसायिक पशुपंन्छी पालन अनुदानका लागि कृषक समूह छनोट गरेको छ । कुल सत्र समूहले आवेदन दिएकोमा वडाका नौ समूह छनोटमा परेका हुन् । छनोट समितिको पुष १६ गतेको निर्णय अनुसार नौ वटा समूहहरु प्राथमिकताको आधारमा छनोटमा परेको वडाध्यक्ष माधव थामीले जानकारी दिनुभयो । अनुदानका लागि छनोटमा परेका समूहहरुमा ,पानीघाट कृषि तथा पशुपक्षी फर्म ,कमला कृषि तथा पशुपक्षी फर्म बरपिपल कृषि तथा पशुपक्षी फर्म, क्षमादेवी कृषि तथा पशुपक्षी फमर्, मोर्डन कृषि तथा पशुपक्षी फर्म, दुसेनागी कृषि तथा पशुपक्षी फर्म, नवदुर्गा यह कृषि तथा पशुपक्षी फर्म, बुढाथोकी कृषि तथा पशुपक्षी मत्स्य फर्म र तीनधारा कृषि तथा पशुपक्षी मत्स्य फर्म रहेको वडाध्यक्ष थामीको भनाई रहेको छ ।

Shares

Be the first to comment on "अनुदानका लागि समूह छनोट"

Leave a comment

Your email address will not be published.


*