अध्यादेश र संसद्को विशेष अधिवेशनको निवेदन फिर्ता लिने नेकपाको सर्वसम्मत निर्णय

चरिकाेट–  सत्तारुढ नेकपाले सरकारले जारी गरेको अध्ययादेश र सांसदहरूले विशेष अधिवेशन बोलाउन माग गर्दै राष्ट्रपति कार्यालयमा दर्ता गर्न लागेको निवेदन फिर्ता लिने सर्वसम्मत निर्णय गरेको छ । स्थायी कमिटीको अर्को बैठक ५ पुसमा बस्ने र १० पुसमा केन्द्रीय कमिटी बैठक बस्ने तय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले संवैधानिक परिषद्को बैठकले केही पनि निर्णय नगरेको जानकारी गराउँदै अध्यादेश फिर्ता लिने बताएका थिए ।बुधबार बसेको नेकपा स्थायी कमिटी बैठक सकिएको छ । अब अर्को बैठक पुस ५ गते बस्ने भएको छ । त्यस्तै पुस १० गते केन्द्रीय कमिटी बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने, संसद अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाउन लागिएको आवेदन प्रक्रिया अगाडि नबढाउने र संवैधानिक नियुक्तिहरु सहमतिको आधारमा गर्ने निर्णय गरेको पनि उनले बताए ।बुधबारको स्थायी कमिटीको बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संवैधानिक परिषदको बैठकमा संवैधानिक निकायमा नियुक्तिसम्बन्धी कुनै निर्णय नभएको पनि जानकारी गराएका श्रेष्ठले बताए ।

Shares

Be the first to comment on "अध्यादेश र संसद्को विशेष अधिवेशनको निवेदन फिर्ता लिने नेकपाको सर्वसम्मत निर्णय"

Leave a comment

Your email address will not be published.


*