अध्ययनको निष्कर्ष –नियमित रूपमा दाँत सफा नगर्नेको पेटमा क्यान्सर हुने जोखिम बढी

एजेन्सी –दैनिक दाँत ब्रस गर्नेहरूमा तुलनात्मक रूपमा क्यान्सरको जोखिम कम हुने एक अध्ययनले देखाएको छ । हावर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको एक अनुसन्धानमा दैनिक ब्रस नगर्नेहरूमा गीँजा र पेटको क्यान्सर हुने सम्भावना बढी रहेको निष्कर्ष निस्किएको हो ।
क्यान्सरको जोखिम पहिल्यै दाँत गुमाएकाहरूमा अझ बढी हुने अध्ययनको निष्कर्ष छ ।
बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाका अनुसार नियमित रूपमा सफा नगर्नु नै दाँतमा देखिने समस्याको प्रमुख कारण हो ।
२२ देखि २८ वर्ष उमेर समूहमा गरिएको अध्ययनले नियमित रूपमा दाँत सफा नगर्नेहरूमा १ सय ९९ मा घाँटीको क्यान्सर भएको पाइयो भने २ सय ३८ मा पेटको क्यान्सर भएको पाइएको थियो ।
सफाइकाकारण गिँजामा देखिने समस्याका कारण ४३ प्रतिशत घाँटीको क्यान्सर र ५२ प्रतिशत पेटको क्यान्सर हुने जोखिम बढ्ने डेलीमेलको अनलाइन संस्करणमा समाचार प्रकाशित भएको छ ।
वैज्ञानिकहरूले मुखमा पाइने ब्याक्टेरिया र पेट तथा घाँटीमा पाइने ब्याक्टेरियाका बीच विशेष सम्बन्ध हुने र त्यसले क्यान्सर गराउने जोखिम बढाउने बताएका छन् ।

Shares

Be the first to comment on "अध्ययनको निष्कर्ष –नियमित रूपमा दाँत सफा नगर्नेको पेटमा क्यान्सर हुने जोखिम बढी"

Leave a comment

Your email address will not be published.


*