काठमाडौँ, ३२ साउन : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले भेट गर्नुभएको छ । ललितपुरको खुमलटारस्थित निवासमा आज भएको भेटमा अध्यक्ष दाहालले नेपालको प्रतिनिधिसभाले पीडितमैत्री न्यायमा जोड दिँदै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरेको जानकारी गराउँदै पीडितमैत्री न्याय र सम्मानका लागि आवश्यक सहयोगमा बेलायत सरकारको साथ रहने विश्वास व्यक्त गर्नुभयो । पूर्वप्रधानमन्त्री दाहालले आफू सरकारको नेतृत्वमा रहँदा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक अघि बढाउन पहल लिएको उल्लेख गर्दै विधेयक निष्कर्षमा पुग्दा त्यसले विश्व शान्तिका निम्तिसमेत योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । उहाँले आफ्नो प्रधानमन्त्रीत्वकालमा अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गर्न विशेष पहल लिएको स्मरण गर्दै जलवायु न्यायलगायत क्षेत्रमा नेपालले नेतृत्वदायी भूमिका खेलेको बताउनुभयो । अध्यक्ष दाहालले भूतपूर्व गोर्खा सैनिकले उठाउँदै आएका सवालहरू बेलायती सरकारबाट सम्बोधन हुने विश्वाससमेत व्यक्त गर्नुभयो । सो क्रममा राजदूत रोबले नेपालले शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुङ्गोमा पु¥याउन लागेकामा खुसी व्यक्त गर्दै शान्ति प्रकियाको पूर्णताका निम्ति बेलायत सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । उहाँले अध्यक्ष दाहालको बलमा शान्ति प्रक्रियाले पूर्णता पाएकामा बधाइ दिँदै नेपालका लागि आवश्यक सहयोगमा बेलायतको सधै तत्पर रहेको उल्लेख गर्नुभएको दाहालको सचिवालयले जनाएको छ । राजदूत रोबले बेलायती नागरिकमा नेपाली उत्पादनप्रति रूचि बढेको जनाउँदै पारस्परिक सहयोग र व्यापारमा समेत साझेदारी बढाउन सकिने बताउनुभयो । उहाँले तत्कालीन प्रधानमन्त्री दाहालको कार्यकालमा लगानीअनुकूल कानुन संशोधन र लगानी सम्मेलन सम्पन्न भएकामा खुसी व्यक्त गर्दै नेपालमा वैदेशिक लगानी भित्र्याउन आफ्नो योगदान रहने छ भन्नुभयो । –––
अध्यक्ष दाहालसँग बेलायतको राजदूत फेनको भेट
Posted By: दीक्षण दैनिक ३२ श्रावण २०८१, शुक्रबार १२:२०
२ आश्विन २०८१, बुधबार ११:५८
विगु गाउँपालिकामा भिरबाट लडेर एक महिलाको गयो ज्यान
२ आश्विन २०८१, बुधबार २१:०३
अनेरास्ववियु भोली अन्तर मावि दौड प्रतियोगिताको आयोजना गर्ने
२ आश्विन २०८१, बुधबार १४:२१
बझाङको माझीगाउँ केन्द्रविन्दु भएर भूकम्प
२ आश्विन २०८१, बुधबार १४:२४
अन्तर्वार्ताः कानुन बनाउन समस्या भएको छ–मुख्यमन्त्री पाण्डे
२ आश्विन २०८१, बुधबार १४:३७
राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानुन ल्याउन सांसदद्वारा माग
२ आश्विन २०८१, बुधबार १४:४५
बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
२ आश्विन २०८१, बुधबार १४:२२
दरबारमार्ग क्षेत्रमा सवारी आवागमनमा रोक
२ आश्विन २०८१, बुधबार १४:४८
Be the first to comment on "अध्यक्ष दाहालसँग बेलायतको राजदूत फेनको भेट"