अध्यक्षमा जंग बहादुर गुरुङ निर्विरोध

चरिकोट – नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा दोलखाको अध्यक्षमा पुन जंग बहादुर गुरुङ निर्विरोध चयन हुनुभएको छ ।  सदरमुकाम चरिकोटमा भएको २८ औँ साधारण सभा एवम् ७ औँ जिल्ला सम्मेलनले गुरुङको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
महासंघको वरिष्ठ उपाध्यक्षमा पार्वती खड्का, उपाध्यक्षमा भिम बहादुर भुजेल, महासचिवमा धुर्व बस्नेत, कोषाध्यमा ढाल बहादुर भुजेल, कार्यसमिति सदस्यमा पदम बहादुर थामी, नारायण प्रसाद चौलागाई, भेषबहादुर खड्का लगाएत अन्य सदस्य रहनुभएको छ ।
कार्यक्रमको अवसरमा नेपाल उद्योग वाणीज्य महासंघमा निर्वाचित हुनुभएका व्यवसायी रामेश्वर मानन्धरलाई सम्मान पत्रले सम्मान गरिएको थियो ।

Shares

Be the first to comment on "अध्यक्षमा जंग बहादुर गुरुङ निर्विरोध"

Leave a comment

Your email address will not be published.


*