अतिरिक्त हुलाक खारेजीको विरोध गर्दै धर्ना

– नवराज शिवाकोटी
(चरिकोट)ः
वर्षौं देखि अतिरिक्त हुलाकमा काम गरिरहेका कर्मचारीहरुले मंगलवार जिल्ला हुलाक कार्यालय चरिकोटमा धर्ना दिएका छन् । सरकारले बजेट बक्तब्य मार्फत अतिरिक्त हुलाक खारेज गर्ने निर्णय गरेपछि आफ्नो रोजिरोटी खोसिन लागेको भन्दै उनीहरुले धर्ना दिएका हुन् ।
अतिक्ति हुलाकमा आफू १७ वर्षको हुँदा देखि काम गरिरहेकोमा साठी पुग्न आँटदा समेत न्यून तलबमा काम गरिरहेकोमा अहिले अतिरिक्त हुलाक नै खारेज गर्ने निर्णय भएकोमा आफूलाई चित्त नबुझी आफु धर्ना बस्न आएको कालिञ्चोक गाउँपालिका अवस्थित बाबरे अतिरिक्त हुलाकका कर्मचारी टहल बहादुर कार्कीले बताउनु भयो । उमेर पुगेकाहरुलाई सम्मानजनक सुविधा सहित विदाई गर्नु पर्ने र उमेर भएकाहरुलाई बैकल्पीक रोजगारीको ब्यवस्था गर्नु पर्ने आफूहरुको माग रहेकोउहाँको भनाई रहेको छ ।
धर्नामा संलग्न कालिञ्चोक गाउँपालिका पिखुती अतिरिक्त हुलाकका हुलाक प्रतिनिधि रत्नबहादुर मगरको पनि सरकारले साठी वर्ष उमेर पुगेकाको सम्मान पूर्वक सुविधा दिएर विदाई गर्नु पर्ने माग छ । बजेट भासणमा आफूले कर्मचारीहरुलाई सुविधा दिएर अतिरिक्त हुलाक खारेज गर्ने भनेको सुनेको तर सुविधा कति मिल्ने भन्ने आफूलाई थाह नभएको उहाँको भनाई रहेको छ । नाममात्रको सुविधा दिएर सरकारले विदाई गर्छकि भन्ने उहाँको आशंका छ ।
देशमा बेरोजगारी बढीरहेको बेला आंशिक रोजगारी दिएको अतिक्ति हुलाक पनि खारेज गर्नु भन्दा उमेर पुगेकालाई सम्मान जनक विदाई तथा उमेर भएकाहरुलाई बैकल्पीक रोजगारीको ब्यवस्था गर्नु पर्ने तामाकोशी गाउँपालिका वडा नम्बर सातमा रहेको अतिरिक्त हुलाकमा कार्यरत हुलाक प्रतिनिधि रजिना सुनुवारको माग छ । आफूहरुको माग पूरा नगरिएमा आन्दोलनलाई निरन्तरता दिने उहाँले बताउनु भयो । नाममात्रको उपदान आफूहरुलाई स्वीकार्य नहुने उहाँको भनाई छ ।
अतिरिक्त हुलाकलाई ग्रामिण सूचना केन्द्रको रुपमा विकास गर्नु पर्नेमा सरकारले अतिरिक्त हुलाकनै खारेज गर्ने निर्णय गर्नु दुर्भाग्य पूर्ण रहेको भीमेश्वर नगरपालिका वडा नम्बर एकमा रहेको क्षमावती अतिरिक्त हुलाककी हुलाक प्रतिनिधि दुर्गा शिवाकोटीले बताउनु भयो । मंगलवार देखि सुरु गरिएको धर्ना कार्यक्रम विहिवार सम्म जारी रहने धर्ना कार्यक्रमकी उपसंयोजक रजिना सुनुवारले जानकारी दिनुभयो । विहिवार पछि आन्दोलनका नयाँ कार्यक्रमको घोषणा गरीने उहाँको भनाई रहेको छ ।
कुल ४३ वटा अतितिक्त हुलाक रहेको दोलखा जिल्लामा अतिरिक्त हुलाकहरुमा एकसय पैतिस जना कर्मचारीहरु कार्यरत रहेका छन् ।

Shares

Be the first to comment on "अतिरिक्त हुलाक खारेजीको विरोध गर्दै धर्ना"

Leave a comment

Your email address will not be published.


*