अझै कोरोना कहर ः समुहमा हाेली खेल्न नपाइने

इश्वर बिश्वकर्मा

चरिकाेट, चैत्र १२सार्वजनिक स्थलमा सामुहिक रुपमा होली पर्व नमाउन र नखेल्न जिल्ला प्रशासन कार्यालय दोलखाले अनुरोध गरेको छ । वसन्त ऋतुलाई स्वागत गर्दै आफन्तजन तथा साथीहरु भेला भई आपसी सद्भाव र मेलमिलापको साथ होली पर्व मनाइन्छ । तर मानिसहरुको जमघट र भिडभाडले कोरोनाको संक्रमण फैलावट हुने त्रासका कारण प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारीद्धारा हस्ताक्षर गरिएको एक सूचना जारी गरी सार्वजनिक स्थलमा सामुहिक होली नखेल्न अनुरोध गरेको हो । छिमेकी मुलुक भारतमा ह्वातै कोरोना संक्रमणको ग्राफ बृद्धि भईरहेको र उक्त मुलुकबाट खुल्ला सिमानाबाट मानिसहरुको आवाजजावत भईरहेकोले सावधानीका लागि होली नखेल्न सूचनामा उल्लेख गरिएको छ । सूचनामा सरकारी कार्यालय, निजी क्षेत्रका कार्यालय, व्यवसायिक उद्योग एवं प्रतिष्ठानमा सेवा प्रवाह गर्दा वा लिंदा अनिवार्य रुपमा सावधानी अपनाउन र मापदण्ड पालना गर्न अनूरोध गरिएको छ । भारत तथा अन्य मुलुकबाट आउने व्यक्ति वा लक्षण देखिएका व्यक्तिले तत्काल स्थानीय स्वास्थ्य संस्थामा सम्पर्क गरी परीक्षण गराउन समेत जिल्ला प्रशासन कार्यालय दोलखाले अनुरोध गरेको छ । यस वर्षको होली पर्वमा उत्साह र रौनकता नहुने भएको छ, भने विभिन्न संघसंस्था तथा क्लबले निर्धारित दिनमा आयोजना गरेको होली विषेश कार्यक्रम स्थगित गरिएका छन् । याे वर्ष  चैत्र १५ गते हिमाली तथा पहाडी जिल्ला र १६ गते तराइका जिल्लामा हाेली पर्व परेकाे छ ।

जिल्ला प्रशासन कार्यालय दाेलखाले बुधबार जारी गरेकाे सूचना

Shares

Be the first to comment on "अझै कोरोना कहर ः समुहमा हाेली खेल्न नपाइने"

Leave a comment

Your email address will not be published.


*