अग्नी पिडितलाई रेडक्रसको राहत

चरिकोट, माघ १८
दोलखाको भीमेश्वर नगरपालिका वडा नं. ७ मकैबारीका अग्नी पिडित परिवारलाई अाइतबार राहत वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी दोलखाले आगलागी पिडित नारायण कार्कीको परिवारलाई तत्काल आवश्यक पर्ने गैरखाद्य सामाग्री वितरण हो । कार्कीको घरमा शनिबार आगलागी भई अन्नबाली, लत्ताकपडा सहित धनमाल जलेर क्षत्ती भएको थियो । कार्कीको परिवालाई थालभाँडा, लत्ता कपडा, मञ्जन– ब्रस सहितको जेरीक्यान, त्रिपाल लगायतका सामग्री राहत स्वरुप वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी दोलखाका सभापति गोकर्ण प्रसाद पोखरेलले बताए । राहत वितरण कार्यक्रममा वडा अध्यक्ष कैलाश श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । शाखाले प्राकृतिक विपत्तिमा खोज, उद्धार र राहत वितरण कार्य गर्दै आएको छ । चालु आर्थिक वर्षमा आगलागी, पहिरो लगायतका विपत्ति पिडित सयौँ घर परिवारलाई गैरखाद्य सामग्री राहत स्वरुप उपलब्ध गराएको छ ।

Shares

Be the first to comment on "अग्नी पिडितलाई रेडक्रसको राहत"

Leave a comment

Your email address will not be published.


*