अख्तियारद्धारा गच्छदार सहित १७५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

चरिकोट–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देशमा ठुला माछा विरुद्ध हात हालेको छ ।
आज बालुवाटार जग्गा प्रकरणमा मुछिएका तीन पूर्वमन्त्री, तीन सचिवसहितसहित १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा अख्तियारले दर्ता गरेको छ।

बुधबार साँझ अख्तियारको टोलीले तत्कालीन उपप्रधान एवं भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदार, भूमिसुधारमन्त्री डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीविरुद्ध ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्नरहेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो। त्यस्तै अख्तियारले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वसचिवहरु दीप बस्न्यात, छवीराज पन्त, दिनेशहरि अधिकारीमाथि पनि मुद्दा दायर गरेको छ। तीन सचिवमध्ये बस्न्यात अख्तियारको प्रमुख आयुक्त र पन्त पूर्वमन्त्री भइसकेका समेत हुन्।

मन्त्रीहरुमध्ये गच्छदार र श्रेष्ठलाई जनही ९ करोड ६५ लाख ७६ हजार बिगो दावी गरिएको छ भने अर्का तत्कालीन मन्त्री जोशीविरुद्ध ७ करोड ८ लाख ४८ हजार बिगो दावी गरिएको छ।

त्कालीन सचिवहरुमध्ये बस्न्यात र पन्तका विरुद्ध ९ करो८ ६५ लाख ७६ हजार र दिनेशहरि अधिकारी ७ करोड ८ लाख ४८ हजार बिगो कायम गरिएको छ। सोही प्रकरणमा जोडीएका जग्गा व्यवसायी शोभाकान्त ढकालविरुद्ध ३९ करोड २७ लाख ६८ हजार र भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङविरुद्ध ११ करोड २० लाख बिगो कायम गरिएको छ।

१७५ जना प्रतिवादीमध्ये ६५ जनालाई जफत प्रयोजनका लागि र अन्य ११० जनाको हकमा सजायको माग दावी समेत मुद्दा दायर गरिएको हो।

सरकारले २०७५ फागुन २८ गते ललिता निवासको जग्गा हिनामिनाको अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई जिम्मा दिएको थियो।

सीआईबीले उच्च पदस्थ सरकारी अधिकारी तथा मालपोत, नापी र गुठी संस्थानका कर्मचारीले जग्गा दलाल (भूमाफिया) सँग मिलेर बालुवाटार जग्गा व्यक्तिको नाम गराएकोे निष्कर्षसहितको प्रतिवेदन पेस गर्दै अनियमिततामा संलग्नहरुमाथि भ्रष्टाचार, ठगी र किर्तेको अभियोगमा कारबाहीको सिफारिस सहितको प्रतिवेदन बुधबार गृहमन्त्रालयमा बुझाएको थियो।

सोही प्रतिवेदनका आधारमा तत्कालीन मन्त्री र सचिवहरुसहित १७५ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।

कुन ‘हाई प्रोफाइल’को बिगो कति ?
विजय गच्छदार :  ९ करोड ६५ लाख ७६ हजार
चन्द्रदेव जोशी (पूर्वमन्त्री) : ७ करोड, ८ लाख ४८ हजार
डम्बर श्रेष्ठ (पूर्वमन्त्री) : ९ करोड, ६५ लाख ७६ हजार
छविराज पन्त  (पूर्वसचिव) : ९ करोड, ६५ लाख, ७६ हजार
दीप बस्न्यात : (पूर्व अख्तियार प्रमुख) : ९ करोड ६५ लाख ७६ हजार
दिनेश अधिकारी (पूर्वसचिव) ७ करोड, आठ लाख ४८ हजार
शोभाकान्त ढकाल (बिचौलिया) : ३९ करोड, २७ लाख ६८ हजार
र रामकुमार सुवेदी (बिचौलिया) ५२ करोड, ५१ लाख ४० हजार

 

 

Shares

Be the first to comment on "अख्तियारद्धारा गच्छदार सहित १७५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा"

Leave a comment

Your email address will not be published.


*