अखिल नेपाल किसान महासंघ दोलखामा नयाँ नेतृत्व चयन

चरिकोट (राज कुमार भुजेल) –नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ दोलखाको अधिवेशन सम्पन्न भएको छ । आईतवार सदरमुकाम चरिकोटमा संघको दोसो अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनले नयाँ कार्य समिति चयन गरेको छ । नयाँ कार्यसमितिमा अध्यक्षमा निमा मोक्तान , वरिष्ठ उपाध्यक्षमा कृष्ण बहादुर खड्का, उपाध्यक्षमा शान्त कुमार जिरेल, सचिवमा पुरुषोतम पाठक, उपसचिवमा प्रेम प्रसाद शिवाकोटी र मोहन प्रसाद दाहाल, कोषाध्यक्षमा लक्ष्मी थामी रहनु भएको छ । यसैगरी सदस्यहरुमा ठाकुर प्रसाद रिमाल, ढिल्लीनाथ रिमाल, इश्वरी दाहाल, सिताराम खड्का, छिरिङ तामाङ लगाएत २७ जना सदस्य रहनु भएको नेपाल किसान महासंघ दोलखाल बताएको छ । अधिवेशनको अवसरमा अखिल नेपाल किसान महासंघले जिल्लाका उत्कृष्ट किसानहरुलाई सम्मान समेत गरेको थियो  । जिल्लाका उत्कृष्ट व्यवसायीको रुपमा नर बहादुर कार्की, शान्त कुमार जिरेल, पुरुषोतम पाठक सम्मानीत हुने भएको छ भने किसानहरुमा माधव न्यौपाने, रुद्रराज चौलागाई, धन बहादुर मोक्तान, मोहन दहाल सम्मानित हुनु भएको बताईएको छ ।

Shares

Be the first to comment on "अखिल नेपाल किसान महासंघ दोलखामा नयाँ नेतृत्व चयन"

Leave a comment

Your email address will not be published.


*