चरिकोट (दीस)ः गौरीशंकर गाउँपालिकामा रिक्त नेपाली काँग्रेसका सभापतिमा टेन्डु शेर्पा चयन भएका छन्। हालै सम्पन्न नेपाली काँग्रेस गाउँपालिका भेलाले उनलाई सभापतिमा चयन गरेको हो।
गाउँपालिकाका तत्कालीन सभापति श्यामसुन्दर तामाङको निधनपछि खाली भएको पदमा शेर्पालाई चयन गरिएको नेपाली काँग्रेस गौरीशंकर गाउँपालिकाले जनाएको छ। यसैगरी, उपसभापति पदमा सुब्बा खड्कालाई सर्वसम्मतिले चयन गरिएको छ।
Be the first to comment on "गौरीशंकर गाउँपालिकामा रिक्त नेपाली काँग्रेसका सभापतिमा टेन्डु शेर्पा चयन"