राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रम २०७५ चरिकोटमा शुरु

चरिकोट– “महिला हिंसा विरुद्ध हाम्रो संकल्प,खेलकुदमा महिला सहभागिता उत्तम विकल्प, भन्ने नाराका राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रम २०७५ चरिकोटमा आइतबारवाट शुरु भएको छ ।

राष्ट्रिय खेलकुद परिषदको आयोजना र जिल्ला खेलकुद विकास समिति दोलखाको व्यवस्थापनमा सो कार्यक्रम भएको हो । कार्यक्रममा दोलखाका सामुदायिक तथा संस्थागत विद्यालयका छात्राहरुको सहभागिता रहेको जिल्ला खेलकुद विकास समिति दोलखाका अध्यक्ष हिरा थोकर वताए । कार्यक्रमको जिल्ला समन्वय समिती दोलखा अध्यक्ष डबल पाण्डेले उद्धघाटन गरेका छन ।

कार्यक्रममा भिमेश्वर नगरपालिकका मेयर भरत के.सी विशेष अतिथी रहेका छन । कार्यक्रम ३ दिन सम्म चल्ने अध्यक्ष थोकर जानकारी दिए ।

Shares

Be the first to comment on "राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रम २०७५ चरिकोटमा शुरु"

Leave a comment

Your email address will not be published.


*