बाबुराम शर्मा (चरिकोट) – दुई दिने महायान धारिणी पाठपूजा सम्पन्न भएको छ । भीमेश्वर नगरपालिका–२ ऐतिहासिक सहर दोलखामा ११ जना लामा गुरुहरुद्वारा गरिएको सो पूजा सम्पन्न भएको हो । पद्यवर्ण बुद्धविहार दोलखाको आयोजना तथा पद्यवर्ण महायान विहार ललितपुरको सहयोगमा सो पुजा सम्पन्न भएको पद्यवर्ण बुद्धविहार दोलखाका अध्यक्ष सुनील मास्केले जानकारी दिनु भयो । उहाँका अनुसार लामाहरुद्वारा शुक्रबार महायान धारिणी पाठपूजा र शुक्रबार धूप साङ साङता पूजा सम्पन्न गरिएको हो । समसामयिक महामारी कोरोना जस्ता रोग, दिन, दशा, बाधा अडचन हटाई सम्पूर्ण दोलखावासीलाई शुभ लाभ प्रदान गर्न यो पूजा पाठ गरिएको हो । विहीबार महायान धारिणी पाठ पूजा ( सबै देवीदेवताको आराधाना पूजा ) र शुक्रबार लुङता साङ ( धूप ) पूजा गरिएको पनि उहाँले स्पष्ट पार्नु भयो । काठमाडौँबाट आएका छ जना र चरीकोट चरिघ्याङका पाँच जना लामा गुरुहरुले गरेको यो पूजामा करिब सय जना भक्तजनको सहभागिता रहेको बताइन्छ ।
महायान धारिणी पुजापाठ सम्पन्न
Posted By: दीक्षण दैनिक २० भाद्र २०७९, सोमबार १३:३३
१ माघ २०८१, मंगलवार १९:२७
राति ११ बजेसम्म दोलखाका होटल व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग
१ माघ २०८१, मंगलवार १९:२२
फागुन ६ गतेदेखि १८ गतेसम्म तेस्रो बृहत् दोलखा महोत्सव २०८१ हुने
१ माघ २०८१, मंगलवार १९:५५
साहित्यकार शुशिला शर्मा ‘विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१’ बाट सम्मानित
१ माघ २०८१, मंगलवार २०:२२
वडाध्यक्षकप फुटबल प्रतियोगिता सुरु
१ माघ २०८१, मंगलवार १९:३४
भूमि समस्या समाधान आयोग दोलखाको अध्क्षमा राकेश श्रेष्ठ
१ माघ २०८१, मंगलवार १९:१०
Be the first to comment on "महायान धारिणी पुजापाठ सम्पन्न"