भक्तपुर, १३ कात्तिक (रासस)–जगातीबाट काठमाडौँतर्फ जाँदै गरेको तीन सवारीसाधन अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–५ श्रृजना नगरमा एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । एकतर्फी रुपमा जगातीबाट काठमाडौँ जाँदै गरेको बा६च ८८५८ नंको कार, बा५५प९९२२ नं मोटरसाइकल र बा४ख५७९६नंको बस एकआपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार दोलखा विगु गाउँपालिका–६ खोपाचागु घर भई हाल काठमाडौँ बौद्ध बस्ने ६ वर्षीय आर्जन शेर्पाको आज नर्भिक अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । दुर्घटनामा मोटरसाइकल चालक मृतक बालकका पिता ४९ वर्षीय ढावा शेर्पाको भने भक्तपुरस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । प्रहरीले दुर्घटना भएका तीन वटै सवारीसधान र बस चालक दोलखा भिमेश्वर नगरपालिका–४ जिलु बस्ने २६ वर्षीय भरत चौलागार्इं र कार चालक भक्तपुर नगरपालिका–२ इताछे बस्ने २६ वर्षीया रिया कायस्थलाई प्रहरी वृत्त जगाती भक्तपुरको नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो । प्रहरीका अनुसार एक पैदल यात्रुले अचानक बाटो काटेपछि अगाडि रहेको कारले ब्रके लगाउँदा पछाडि रहेको मोटरसाइकल कारमा ठोक्किएर लडेको र पछाडि आइरहेको बसले मोटरसाइकलमा सवार यात्रुलाई ठक्कर दिएको हो । मोटर साइकलमा सवार महिलालाई भने केही नभएको प्रहरीको भनाइ छ । –––
भक्तपुरमा सवारीसाधन दुर्घटना हुँदा विगु गाउँपालिका बालकको मृत्यु
Posted By: दीक्षण दैनिक १३ कार्तिक २०७९, आईतवार १८:५३
१ माघ २०८१, मंगलवार १९:२७
राति ११ बजेसम्म दोलखाका होटल व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग
१ माघ २०८१, मंगलवार १९:२२
फागुन ६ गतेदेखि १८ गतेसम्म तेस्रो बृहत् दोलखा महोत्सव २०८१ हुने
१ माघ २०८१, मंगलवार २०:२२
वडाध्यक्षकप फुटबल प्रतियोगिता सुरु
१ माघ २०८१, मंगलवार १९:५५
साहित्यकार शुशिला शर्मा ‘विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१’ बाट सम्मानित
१ माघ २०८१, मंगलवार १९:३४
भूमि समस्या समाधान आयोग दोलखाको अध्क्षमा राकेश श्रेष्ठ
१ माघ २०८१, मंगलवार १९:१०
Be the first to comment on "भक्तपुरमा सवारीसाधन दुर्घटना हुँदा विगु गाउँपालिका बालकको मृत्यु"