काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल लगातार दोस्रोपटक च्याम्पियन बनेको छ । मंगलबार त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलमा नेपालले भुटानलाई २-१ गोलले पराजित गर्दै लगातार दोस्रोपटक स्वर्ण जितेको हो । नेपाल फुटबलमा सन् १९८४, १९९३, २०१६ र सन् २०१९ गरी चारपटक च्याम्पियन बनेको छ । नेपालका लागि पहिलो गोल खेलको १६ औं मिनेटमा अभिषेक रिजालले गरेका थिए । भुटानले खेलको ३८ औं मिनेटमा जवाफी गोल फर्काएको थियो । भुटानका लागि कप्तान चेम्चो ग्याल्चेनले गोल फर्काएका थिए । खेलको ५४ औं मिनेटमा नेपालका लागि सुनिल बलले गोलसंख्या दोब्बर बनाएका थिए । सागको यही संस्करणको पहिलो खेलमा नेपालले भुटानलाई ४-० गोलले पराजित गरेको थियो । नेपाल १२ औं सागको स्वर्ण विजेता हो । नेपालले १२ औं सागमा भारतको भूमिमा भारतलाई नै पराजित गर्दै स्वर्ण जितेको थियो । त्यसैगरी पहिलो सागमा नेपालले बंगलादेशलाई ४-२ गोलले पराजित गर्दै च्याम्पियन बनेको थियो भने सन् १९९३ मा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा हराएको थियो । भारत यस संस्करणको फुटबलमा सहभागी छैन ।
नेपाल लगातार दोस्रोपटक च्याम्पियन
TOPICS:खेल
Posted By: दीक्षण दैनिक २४ मंसिर २०७६, मंगलवार १९:४३
१ माघ २०८१, मंगलवार १९:२७
राति ११ बजेसम्म दोलखाका होटल व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग
१ माघ २०८१, मंगलवार १९:२२
फागुन ६ गतेदेखि १८ गतेसम्म तेस्रो बृहत् दोलखा महोत्सव २०८१ हुने
१ माघ २०८१, मंगलवार १९:५५
साहित्यकार शुशिला शर्मा ‘विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१’ बाट सम्मानित
१ माघ २०८१, मंगलवार २०:२२
वडाध्यक्षकप फुटबल प्रतियोगिता सुरु
१ माघ २०८१, मंगलवार १९:३४
भूमि समस्या समाधान आयोग दोलखाको अध्क्षमा राकेश श्रेष्ठ
१ माघ २०८१, मंगलवार १९:१०
Be the first to comment on "नेपाल लगातार दोस्रोपटक च्याम्पियन"