चरिकोट–दोलखामा रहेको नेपाली सेनाको गरुडदल गणले कालिन्चोक गाउँपालिका वडा नम्बर ६ लापिलाङ पिलिखेपाका आगलागी पीडितको घर निर्माणमा सहयोग गरेको छ। गणका प्रमुख सेनानी सुरज बस्नेतका अनुसार सेनाको ६ जनाको टोलीले हप्तादिनमा दुई जना आगलागी पीडित—धनबहादुर थामी र गुम्बे थामी—को घर निर्माण सम्पन्न गरी आज शुक्रबार चरिकोट फर्किएको हो।
वडा नम्बर ६ का वडा अध्यक्ष भरत पाण्डेको विशेष अनुरोधमा नेपाली सेनाले पीडित थामी परिवारको घर निर्माणमा सघाएको हो। गत २७ गते बिजुली सर्ट भएर आगलागी हुँदा थामीको लाखौं मूल्य बराबरको धनमाल नष्ट भएको थियो। सेनाले विपत्तिमा परेका नागरिकहरूलाई सहयोग गर्ने उद्देश्यले थामीहरूको घर पुनर्निर्माणमा प्राविधिक र जनशक्ति सहयोग गरेको प्रमुख सेनानी बस्नेतले बताए।
पीडित गुम्बे थामीले नेपाली सेनाले गरेको सहयोगलाई जीवनभर भुल्न नसकिने ऋणको रूपमा लिएका छन्।
Be the first to comment on "नेपाली सेनाको गरुडदल गणद्वारा कालिन्चोक गाउँपालिकामा आगलागि पीडितको घर निर्माण"