चरिकोट (दीस) ः जिल्ला युवा समिति दोलखाले विभिन्न क्षेत्रमा युवाहरूलाई तालिम प्रदान गरेको छ । गत आर्थिक वर्षमा १७ क्षेत्रमा छोटो समयको तालिम प्रदान गरिएको छ । गत आर्थिक बर्ष बागमती प्रदेश सरकारको सहकार्यमा हालसम्म ४५० भन्दा बढी युवाले तालिम लिएको समितिले जनाएको छ ।
शनिबार समितिद्वारा ६ क्षेत्रमा १६० घण्टे र ३९० घण्टे सिपमुलक तालिम प्रदान गरिएका प्रशिक्षार्थीहरूलाई दोलखाको सदरमुकाम चरिकोटमा प्रमाणपत्र वितरण गरिएको छ। समितिका अध्यक्ष भरत श्रेष्ठको अध्यक्षतामा र बैतेश्वर गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष मिन कुमार शिवकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रमाणपत्र वितरण कार्यक्रममा शिवकोटीले युवाहरुलाई सिकेको सीपलाई व्यवहारिक जीवनमा लागू गर्न सुझाव दिनु भयो ।
उहाँले सीप सिकेका युवाहरूका लागि विभिन्न क्षेत्रमा अवसरहरू रहेको बताउनु भयो । समितिले प्रदान गरेको तालिम देश तथा विदेशमा समेत प्रभावकारी हुने उहाँले बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ दोलखा शाखाका उपाध्यक्ष श्रृजन कुमार घिमिरेले तालिमले युवाहरूलाई आर्थिक उपार्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा शहीद स्मृति मावि जिरीका प्रधानाध्यापक केन्द्र ज्योति खड्का, कालिञ्चोक माविका व्यवस्थापन समितिका अध्यक्ष सुवास श्रेष्ठ, सामाजिक अभियन्ता रमेश श्रेष्ठ, जयराम खड्का लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
समितिको आयोजनामा भएको तालिमको ब्रीलेन्ट मेनपावर टूेनिङ सेन्टर प्रा.लिले प्रदान गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो ।
Be the first to comment on "दोलखाका ४ सय ५० भन्दा बढी युवाले पाए तालिम"