कोरोना भाइरसको आशंकामा फिबर क्लिनिकमा जँचाउन आउने बढे

ईश्वर बिश्वकर्मा
चरिकोट, चैत्र २७
चरिकोटमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र, प्रस्तावित चरिकोट अस्पतालमा फिबर क्लिनिक सञ्चालनमा आएपछि कोरोना भाइरसको आशंकामा आउनेको संख्या बढ्दै गएको छ ।
लकडाउन लागु भएसँगै रुघाखोकी र ज्वरोको बिरामीलाई सेवा दिन अस्पतालले सञ्चालन ल्याएको
क्लिनिकमा आउने मानिसको संख्या बढ्दै गएको हो । अस्पतालका सुचना अधिकारी शान्ति प्रसाद न्यौपानेले भने ” यो समय मौसम परिवर्तनको समय हो ‌। जसले गर्दा ज्वरो, रुघाखोकीले सताइरहन्छ । तर यहि समय विश्वमा नै संक्रमण फैलिएको अवस्थामा सोहि संक्रमण भएको त्रासले फिबर क्लिनिकमा मानिसहरू  गरेका छन् ।”
उनका अनुसार बुधबारसम्म सांढे ७ सय जना क्लिनिकमा आएर जँचाएका छन् । जसमा १ सय २६ जनामात्र ज्वरो र रुघाखोकी देखिएको थियो भने ६ सय २४ जना मानिसमा त्यस्तो कुनै समस्या देखिएको थिएन । ३ सय ९४ महिला र ३ सय ५६ जना पुरुषले क्लिनिकबाट सेवा लिएका थिए । ज्वरो र रुघाखोकी भएका व्यक्तिहरुलाई भने औषधी सेवन गरि होम क्वारेन्टाइनमा बसिरहेको सुचना अधिकारी न्यौपानेले बताए । क्लिनिकमा आउने व्यक्तिहरुलाई अन्य बिरामीसँग सम्पर्क नहुने र भिडभाड कम गरि उच्च सावधानी पुर्वक जँचाउने गरिएको उनले बताए ।
अस्पतालको बहिरङग सेवा (ओपिडी) बन्द गरिएको छ । आकस्मिक सेवा २४ सै घन्टा खुल्ला रहेको छ ।
आकस्मिक सेवा लिनेको सँख्या २ सय भन्दा बढी
अस्पतालको आकस्मिक सेवा २ सय भन्दा बढी व्यक्तिले सेवा लिएका छन् । चैत्र ११ गतेदेखि बुधबारसम्म २ सय ५५ जना बिरामीहरुले सेवा लिएको सुचना अधिकारी न्यौपानेले जानकारी दिए । जसमा महिला १ सय २४ र पुरुष १ सय ३१ जनाले अस्पतालबाट आकस्मिक सेवा लिएका छन् ।जसमध्ये ४ जनालाई रिफर गरिएको उनले बताए ।अस्पतालबाट दिर्घ रोगीले नियमित खानुपर्ने औषधि लगि सेवन गरिरहेका छन् । क्लिनिक र आकस्मिक सेवा गरि अस्पतालबाट १ हजार ५ जनाले उपचार तथा औषधी सेवा लिएको अस्पतालले जनाएको छ ।

 

Shares

Be the first to comment on "कोरोना भाइरसको आशंकामा फिबर क्लिनिकमा जँचाउन आउने बढे"

Leave a comment

Your email address will not be published.


*