बनेपा, २ असार (रासस) :जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको बुधबार सम्पन्न भएको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ । प्रमुखमा दीपककुमार गौतम विजयी हुनुभएको छ । धुलिखेलमा सम्पन्न भएको निर्वाचनमा गठबन्धन दलको तर्फबाट उपप्रमुखमा नेपाली कांग्रेसका रिमबहादुर तामाङ विजयी हुनुभएको छ । यस्तै सदस्यमा नेकपा (माओवादी केन्द्र)का कमलराज गिरी, कृष्णकुमारी राई र रष्मिता भण्डारी, कांग्रेसकी अप्सरा सिप्खान, चण्डिका मिजार, निरबहादुर लामा र मङ्गलबहादुर तामाङ विजयी हुनुभएको छ । विजयी सबैले बुधबार नै पद तथा गोपनीयताको शपथसँगै पदभार ग्रहण गर्नुभयो । काभ्रेपलाञ्चोकमा १३ स्थानीय तह छन् । स्थानीय तह निर्वाचनमा कांग्रेसले पालिकाको प्रमुख÷अध्यक्षमा सात, माओवादी केन्द्रले चार, एमालेले एक र एकीकृत समाजवादीले एक स्थानमा विजय हासिल गरेको थियो । कांग्रेस उपप्रमुखमा दुई र उपाध्यक्षमा चार, माओवादी केन्द्र उपप्रमुखमा एक र उपाध्यक्षमा तीन तथा एमाले उपप्रमुखमा तीन स्थानमा विजयी भएको थियो ।
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी
Posted By: दीक्षण दैनिक २ असार २०७९, बिहीबार २०:४४
१ माघ २०८१, मंगलवार १९:२७
राति ११ बजेसम्म दोलखाका होटल व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग
१ माघ २०८१, मंगलवार १९:२२
फागुन ६ गतेदेखि १८ गतेसम्म तेस्रो बृहत् दोलखा महोत्सव २०८१ हुने
१ माघ २०८१, मंगलवार १९:५५
साहित्यकार शुशिला शर्मा ‘विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१’ बाट सम्मानित
१ माघ २०८१, मंगलवार २०:२२
वडाध्यक्षकप फुटबल प्रतियोगिता सुरु
१ माघ २०८१, मंगलवार १९:३४
भूमि समस्या समाधान आयोग दोलखाको अध्क्षमा राकेश श्रेष्ठ
१ माघ २०८१, मंगलवार १९:१०
Be the first to comment on "काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी"