काठमाडौँ, २७ साउनः नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही साउन २३ गतेदेखि प्रारम्भ भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी छ । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षमा भएको बैठकमा आज केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, डा शेखर कोइराला, डा नारायण खड्का, आनन्दप्रसाद ढुङ्गाना, दीपक गिरी, सीता गुरुङ, मिनाक्षी झा, श्यामकुमार घिमिरे, कल्याणकुमार गुरुङ, चिनकाजी श्रेष्ठ, लक्ष्मी परियार, कर्णबहादुर बुढा, टेकप्रसाद गुरुङ, सञ्जयकुमार गौतम, आङ्गेलु शेर्पा, दिनेशकुमार यादव, उदयशम्शेर राणा, राजीव ढुङ्गाना, दिलमान पाख्रिन, राजीवविक्रम शाहले धारणा राख्नुभएको थियो । यसैगरी बैठकमा केन्द्रीय सदस्यहरु डा चन्द्रमोहन यादव, प्रतिमा गौतम, कुन्दनराज काफ्ले, जानकी सिंह, प्रा डा गोविन्दराज पोखरेल, सुशिला मिश्र भट्ट, नागिना यादव, अजयबाबु शिवाकोटी, भीम पराजुली, सुशीला थिङ, सीताकुमारी राना, सुशीला ढकाल (आचार्य), विद्यादेवी तिमिल्सिना र शान्ति परियार विकले धारणा राख्नुभएको थियो । केन्द्रीय कार्यसमितिको बैठक भोलि साउन २८ गते सोमबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । (रासस)
कांग्रेस बैठक जारी, ११ बुँदे प्रस्तावमाथि छलफल
Posted By: दीक्षण दैनिक २७ श्रावण २०८१, आईतवार २०:११
१ माघ २०८१, मंगलवार १९:२७
राति ११ बजेसम्म दोलखाका होटल व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग
१ माघ २०८१, मंगलवार १९:२२
फागुन ६ गतेदेखि १८ गतेसम्म तेस्रो बृहत् दोलखा महोत्सव २०८१ हुने
१ माघ २०८१, मंगलवार १९:५५
साहित्यकार शुशिला शर्मा ‘विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१’ बाट सम्मानित
१ माघ २०८१, मंगलवार २०:२२
वडाध्यक्षकप फुटबल प्रतियोगिता सुरु
१ माघ २०८१, मंगलवार १९:३४
भूमि समस्या समाधान आयोग दोलखाको अध्क्षमा राकेश श्रेष्ठ
१ माघ २०८१, मंगलवार १९:१०
Be the first to comment on "कांग्रेस बैठक जारी, ११ बुँदे प्रस्तावमाथि छलफल"